अमेरिकी जासूस सम्बन्धमा पाकिस्तानको कडा अडान

पाकिस्तानी प्रधान मन्त्री यौसुफ राजा गीलानीले त्यहाँको भ्रमणमा रहनुभएका अमेरिकी नव नियुक्त अफगानीस्तान तथा पाकिस्तान मामिला सम्बन्धि विशेष दूत मार्क ग्रोसमानसँग भेट गर्नुभएको छ। भेटमा प्रधान मन्त्री गीलानीले पाकिस्तानी केन्द्रिय जासूसी व्यूरोका दुइ जना जासूसलाई मारेको अभियोग लागेको अमेरिकी जासूस रेमन्द डेभिस कूटनीतिज्ञ हो या कूटनीतिज्ञको विशेष अधिकार पाउन सक्ने छ छैन भन्ने कुरा पाकिस्तानी अदालतले निर्णय गर्ने बताउनुभयो।

पाकिस्तानी स्थानीय टेलिभिजन स्टेशनले जनाए अनुसार, अमेरिकी विशेष दूत ग्रोस्मानले प्रधान मन्त्री गीलानीसँगको भेटमा डेभिसलाई रिहा गर्न अनुरोध गर्दा प्रधान मन्त्री गीलानीले उक्त कुरा भन्नुभएको हो। भेटअघि संचारमाध्यमसँग कुराकानी गर्दै प्रधान मन्त्री गीलानीले यस सम्बन्धमा पाकिस्तानले देशको हितका लागि कडा अडान लिएको बताउनु भयो।

थाहा भए अनुसार, गत जनवरी सत्ताइस तारिखका दिन डेभिसले पाकिस्तानको पन्जाब प्रदेशको लाहोरको सडकमा दुइ जना पाकिस्तानीलाई मारेको थियो। लाहोर प्रहरीले जाँचपछि डेभिसले जानाजानी पाकिस्तानीलाई मारेको जनाएको थियो। अमेरिकाले डेभिसलाई रिहा गर्न अनुरोध गरेतापनि पाकिस्तानले अमेरिकाको अनुरोधलाई अस्विकार गरेको छ।