विद्रोही नियन्त्रित लिवियाको रास लानुफमा सेनाद्वारा हवाई आक्रमण, गद्दाफी विरुद्ध सैन्य कारवाही सञ्चालन गर्न सकिने अमेरिकी राष्ट्रपतिको चेतावनी


 

लिवियाका नेता कर्णेल गद्दाफीका समर्थक सैनिकहरुले विद्रोहीहरुले नियन्त्रणमा लिएको पेट्रोलियम बन्दरगाह रास लानूफमाथि सयौ पटक हवाइ आक्रमण गरेका छन्।

 

हवाइ आक्रमणमा परी एकजनाको मृत्यु भएको छ। लिवियामा हाल सरकार विरोधी विद्रोहीहरुको नियन्त्रणमा रहेको शहरहरुलाइ आफ्नो कब्जामा लिन गद्दाफीका समर्थक सैनिकहरुले भिषण आक्रमण गर्दै आएका छन्।

 

आक्रमणका कारण सयौको मृत्यु भएतापनि कति संख्यामा मानिसहरु हताहत भए भन्ने बारे यकिन विवरण सार्वजनिक हुन सकेको छैन। यसैविच संयुक्त राष्ट्र संघले लिवियाको राजनैतिक हिंसाका कारण २ लाख मानिस लिवियाबाट पलायन भएको जनाएको छ।

 

उता अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर एट्लाण्टिक सन्धि संगठन नेटोले लिवियाको हालतबारे समिक्षा गर्दै गद्दाफीविरुद्ध शैन्य अभियान संचालनमा ल्याउने सम्बन्धमा विचार गरिरहेको बताएका छन्। उनले लिवियाको हिंसाका कारण आम नागरिकले भोग्नू परेको कष्टलाइ ध्यानमा राख्दै शैन्य अभियान एक विकल्पको रुपमा रहेको स्पष्ट पारेका छन्।

 

An anti-Libyan leader Moammar Gadhafi rebel, ...


लिबिया समस्या विशेष दूत राष्ट्र संघका महासचिवबाट नियुक्त


राष्ट्र संघका महासचिव बान कि मुनले हिजो एउटा वक्तव्य प्रकाशित गर्दै जोर्डनका भूतपूर्व विदेश मन्त्री अब्देलीलाह अल खातीबलाई लिबिया समस्या विशेष दूत नियुक्त गरेको सार्वजनिक गर्नुभएको छ।

 

उक्त वक्तव्यमा आगामी केही दिनमा विशेष दूत न्यूयोर्क जानुभइ विशेष दूतको पद सम्हाल्नुहुने बताइएको छ। विशेष दूतले लिबियामा मानवाधिकारको अवस्था तथा वर्तमान संकटबारेमा लिबिया सरकारसँग जरुरी छलफल गर्नुहुने योजना रहेको छ।

 

थाहा भए अनुसार, गत छब्बीस तारिख राष्ट्र संघीय सुरक्षा परिषदले लिबिया समस्याबारे निर्णय गरेको थियो। उक्त निर्णयमा लिबियामाथि हतियार ढुवानी निषेध गर्नुका साथै लिबियाका नेता गदाफी एवम् उनको परिवारलाई विदेश भ्रमणमा रोक लगाइएको थियो।

A rebel carries his weapon at a checkpoint in ...