– प्रेमनारायण आचार्य
अर्घाखाँची २६ फागुन । अर्घाखाँचीका अधिकांस बिद्यालयमा बिद्यार्थीहरुको एउटै पोसाक भएपनि शिक्षकहरुको भने कुनै बिद्यालयमा एउटै पोसाक छैन् ।
बालबालिका भनेको काचो माटो हुन भनेर आफुले गरेर सिकाउने समयमा शिक्षकहरु आफुले एउटा गर्ने र बिद्यार्थीलाई अर्को सिकाउने गरेका छन् ।
बालबालिकाले कुनै कारणले पोसाक नलगाएमा कारवाही र कुटपिट समेत गर्ने बिद्यालयका शिक्षकहरुको एउटै पोसाक बनाउन कसैले पहल नगरेको डिभर्ना गाविस वाड न. ३ का अभिभाबक कुलबहादुर कुवरले बताए ।
बिद्यार्थीको एउटै पोसाक बनाउन आग्रह गर्ने जिल्ला शिक्षा कार्यलयले पनि शिक्षकको एउटै पोसाक बनाउन पहल नगरेको शिक्षित बर्गको भनाई छ ।