— केन्द्रीय कारागारमा रहेका नेशनल टेलिभिजनका कार्यकारी अध्यक्ष युनुश अन्सारीमाथि कारकारभित्रै गोली प्रहार गर्ने भारतीय कुख्यात अपराधी पक्राउ परेका छन् । प्रहरीले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरी गोली हान्ने भारतीय नागरिक जसजित सिंह रहेको बतायो । सिंहलाई पत्रकार सम्मेलनमा उपस्थित गराइएको थियो । सिंहले भारतमा चार जनाको हत्या गरिसकेको महानगरीय प्रहरी आयुक्त एआईजी अर्जुनसिंह शाहीले जानकारी दिए । सिंहका सहयोगी दुई जना भने फरार छन् । भारतीय नागरिक सुरेश द्विवेदी र राहुल द्विवेदी फरार रहेको शाहीले बताए । ‘उनीहरुको सुराकी दिनेलाई ५० हजार पुरस्कार पनि घोषणा गरेका छौं,’ एआईजी सिंहले भने ।
— महानगरीय प्रहरी आयुक्त कार्यालयले सुरक्षा चेकिङमा त्रुटी गरेको अभियोगमा केन्द्रीय कारागरको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई निलम्बन गरेको छ। आयुक्त कार्यालयका प्रवक्ता माधव नेपालले आगन्तुकको चेकिङमा खटिएका दुई जना प्रहरी जवानलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको बताए।
काठमाडौ – राजधानी काठमाडौंबाट प्राप्त समाचार अनुसार काठमाडौको केन्द्रीय कारागारमा रहेका नेशनल टेलिभिजनका कार्यकारी अध्यक्ष युनुस अन्सारीलाई गोली हानिएको छ ।
नक्कली भारतीय रुपैयाँको कारोवारमा संलग्न रहेको अभियोगमा अन्सारी सुन्धारास्थित केन्द्रीय कारागारमा थिए । बिहीबार बिहान साढे ११ बजे उनलाई भेट्न आएका एक व्यक्तिले गोली हानेको प्रहरीले जनाएको छ । घाइते अन्सारीलाई उपचारार्थ नर्भिक अस्पताल लगिएको छ । उनको कुममा गोली लागेको छ । अन्सारी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
गोली हान्ने व्यक्ति हतियारसहित पक्राउ परेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी माधव नेपालले बताए । प्रहरीका अनुसार भारतीय नागरिक अहमद खान पक्राउ परेका हुन् । उनले खुट्टामा लुकाएर जेलमा पेस्तोल लगेका थिए ।
कारागार स्रोतका अनुसार तीन महिना यता उनी अन्सारी, चार्ल्स शोभराज र अपहरण मुद्दामा पक्राउ परेका अमर टण्डनलाई भेट्न आइरहन्थे । उनले अन्सारीको छातिमा गोली हान्न खोजे पनि एकजना प्रहरी जवानले जोगाएका कारण कुममा गोली लागेको हो । पक्राउ परेका खान ‘कन्ट्रयाक्ट किलर’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनलाई तेस्रो पक्षले १५ लाख रुपैयाँ दिएर अन्सारीमाथि गोली हान्न लगाएको बुझिएको छ ।
यसअघि गत वर्ष माघ २४ गते च्यानल नेपालका संचालक जमिम शाहलाई गोली हानी हत्या गरिएको थियो ।
प्रहरीद्वारा उच्चस्तरीय छानबिन टोली गठन
केन्द्रीय कारागारमा रहेका नेशनल टेलिभिजनका कार्यकारी अध्यक्ष युनुश अन्सारीमाथि कारकारभित्रै गोली प्रहार गरेको घटना छानबिन गर्न प्रहरीले एआईजी रविन्द्रप्रताप शाहको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिमा सशस्त्रका डीआईजी परशुराम खत्री र एसएसपी माधव जोसी सदस्य छन् ।
दुई प्रहरी निलम्बित
केन्द्रीय कारागारमा रहेका नेशनल टेलिभिजनका कार्यकारी अध्यक्ष युनुश अन्सारीमाथि कारकारभित्रै गोली प्रहार गरेको घटनापछि महानगरीय प्रहरी आयुक्तको कार्यालयले दुई प्रहरीलाई निलम्बन गरेको छ । निलम्बित प्रहरीको परिचय प्रहरीले खुलाएको छैन । ड्युटीमा रहेका प्रहरीले सुरक्षा चेकिङमा लापरबाही गरेको भन्दै ती दुई प्रहरीलाई निलम्बन गरिएमो प्रहरी स्रोतको भनाइ छ ।