गयौ अर्कैलाई अंगाली (गजल )


– भिम बहादुर बस्नेत
बागी ८ अर्घाखाँची,नेपाल
———————————————–


विश्वाश  थिएन  र मायामा ,फेरी  प्रश्न  किन ?
माया त हो भन्छन ,हिर्दय  छुने  सङीतको  धुन


न सक्छु  टप्प टिपी  ल्याउन ,आकाशको  जून
ज्यान  कै  बाजी  राखी ,सकिन  लगाउन  गुन



तिम्रो  लागी ,  हिर्दय  झिकी  पत्थरमा   राखे
हजरौं  कोशीस  गरें ,सकिन  तिम्रो  मन  छुन



तिमी त रहेछौ जाली, गयौ अर्कैलाई  अंगाली
घाइते बनाई मलाई,आलो  घाउमा नछर्क नुन



बहाना बनायौ  म सँग,चाहना रहेछ अन्तै तीर
माया मारी पराई भयौ,पार्यौ सम्झी सम्झी रुन



भन्थे चिन्नेलाई  श्री खण्ड  नचिन्नेलाई  काठ  
आँखामा  बादल  छायो ,चिनेनौ पित्तल र सुन   



                                                                २६ फाल्गुन २०६७