फोर्ब्स पत्रिकाद्वारा विश्वकै सबैभन्दा धनी व्यक्तिको सूची सार्वजनिक, मेक्सिकोका कार्लोस सिलिम सबैभन्दा धनी

यस अघिको वर्षमा विश्वको सबैभन्दा धनि ब्याक्ती बनेका मेक्सिकोका कार्लोस स्लीम यो वर्ष पनि सो स्थान कायम राख्न सफल भएका छन्। वर्षेनी विश्वको सबैभन्दा धनि तथा अर्बपतिको सुचि प्रकासित गर्दै आएको फोर्ब्स पत्रिकाले यो वर्ष अर्बपतिको सख्या एक तिहाइले वृद्धि भएको सार्वजानिक गरेको छ।

 

दुइ वर्ष अघि विश्वको सबैभन्दा धनि ब्याक्ती बनेका अमेरिकी माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स यो वर्ष पनि दोश्रो स्थानमा सिमित भएको पनि फोर्ब्सले जनाएको छ। विश्वको सबैभन्दा धनि स्लीम म्याग्नेट दुरसञ्चारका मालिक हुन््। बिस दशमलब पाच अर्ब डलर सम्पत्ती स्लीमको यो वर्ष वृद्धि भएर चोहत्तर अर्ब डलर पुगेको बताइएको छ। विश्वको सवैभन्दा यो वर्ष विश्वमा अर्बपतिको संख्या बढेर एक हजार दुइ सय दश पुगेको पनि फोर्ब्स जनाएको छ।

 

यो वर्ष मात्र दुइ सय ब्यक्ति अर्बपतिको सुचिमा परेको पनि बताइएको छ। त्यसैगरी लोकप्रिय सामाजिक सञ्जाल फेसवुकका लगानिकर्ता मध्ये छ जना पनि अर्बपतिको सुचिमा परेका छन्। कम उमेरका अर्बपतिमा भने फेसबुकका दस्टीन मोस्कोभिच रहेका छन्। उनको उमेर छब्बिस वर्ष भएको मात्रै रहेको फोर्ब्सले जनाएको छ। त्यसैगरी यो वर्ष सबैभन्दा बढी सम्पत्ती गुमाउनेमा इकिया कम्पनीका संस्थापक इङ्गभर काम्प्राड रहेका छन्। उनको यस अघि सत्र अर्ब डलर सम्पत्ती रहेकोमा अहिले छ अर्ब डलरमा सिमित भएको छ। अर्बपतिको सुचिमा दशकौ यता सबैभन्दा बढी एशिया महादेशबाट पर्न सफल भएका छन्। युरोपमा यो वर्ष अर्बपतिको सुचिमा तीस सय ब्यक्ति पर्न सफल भएका छन भने एशियाबाट तीन सय बत्तीस परेको पनि फोर्ब्सले जनाएको छ।

 

चीन र रुसमा अर्बपतिको सख्या क्रमस एक सय पन्ध्र र एक सय एक रहेका छन्। त्यसैगरी मस्को शहर विश्वको सबैभन्दा धेरै अर्वपति रहेको शहरमा पर्न सफल भएको छ। सो शहरमा उनासी अर्बपति रहेको पनि फोर्ब्सले जनाएको छ।