तिब्बती अध्यात्मिक नेता दलाई लामाद्वारा राजनीतिक भूमीका छाड्ने घोषणा, आफ्नो भूमिका छिट्टै अन्य नेतालाई हस्तान्तरण गर्ने भनाइ

भारतमा निर्वासित जीवन विताउँदै आएका तिब्बतका अध्यात्मीक नेता दलाइ लामाले आफुले राजनितिक जिम्मेवारी छाड्न लागेको घोषणा गरेका छन्।

 

लामाले कुनै चुनिएको ब्यक्तीलाई छिटै आफ्नो भुमिका हस्तान्तरण गर्ने बताएका छन्। लामाले आगामी सोमबार हुने तिब्बतको संसद सत्रमा राजिनामाको औपचारीक घोषाणा गर्ने बताएको अर्न्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। आफ्नो कदमले तिब्बतको स्वतन्त्रताका लागि दिर्घकालीन फाइदा पुग्ने विश्वास लामाले ब्यक्त गरेका छन्। सन् उन्नाइस सय उन्साठीमा भएको असफल तिब्बत विद्रोहको वर्षगाँठको अवसरमा बोल्दै लामाले आफुले राजिनितिक जिम्मेवारी सुम्पने निर्णय गरेको घोषाणा गरेका हुन्। सन् उन्नाइस सय साठीको असफल तिब्बत स्वतन्त्रता विद्रोह पछि लामा भारतमा निर्वाशित जीवन विताउँदै आएका छन्। लामाले यस अघि देखि नै तिब्बतको स्वाधिनता आन्दोलन सफल पार्नका लागि तिब्बती जनताद्धारा स्वतन्त्ररुपमा चयन गरिएका नयाँ नेता आवस्यक रहेको औल्याउदै आएका थिए।

 

भारतको धर्मशालामा आयोजित तिब्बत क्रान्तिको वर्षगाँठको अवसरमा लामाले यस्तो घोषाणा गरेका हुन्।

 

तिब्बतलाई आफ्नो अभिन्न भूमीको रुपमा लिँदै आएको चीनले लामालाई धार्मिक खोल आडेको पृथकताबादीको सज्ञा दिदै आएको छ। लामाले धार्मिक खोल ओडेर तिब्बतलाई चीनबाट पृथक राज्य बनाउन खोजेको चीनको आरोप छ। यद्यपी लामालाई विश्वभरी सम्माननीय अध्यात्मीक नेताका रुपमा श्रद्धा गर्ने गरिएको छ।