टोकियो जापान – जापानमा गएको महाभूकम्पपछिको सुनामीमा कयौं हराइरहेका छन् । सुनामीले मानवीय र धनजनको व्यापक क्षति भएको छ । अहिले पछिल्लो प्राप्त समाचार अनुसार भूकम्पबाट दर्जनौको मृत्यु भएको छ। जापानको हङ्सुद्वीपमा स्थानीय समयअनुसार शुक्रबार अपरान्ह पौने तीन बजे अपराहृनमा ८.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
टोकियोको उक्त भूकम्पको कम्पन जापानको ओसाकासहित प्रशान्त माहासागर तटवर्ती क्षेत्र सबैमा महसूस गरिएको थियो । भूकम्पपछि छ मिटरसम्मको विनाशकारी समुद्री छाल ‘सुनामी’ आउन सक्ने भन्दै चेतावनी दिइएको छ ।
जापानका प्रधानमन्त्री नाओतो कानले विनासकारी सुनामी आउन सक्नेभन्दै संकटकाल घोषणा गरेका छन् ।
भूकम्पपछि उत्तरपूर्वी क्षेत्रमा रहेका आणविक भट्टी भने सुरक्षित छन् । उद्दारकर्ताहरुले उद्दारकार्य सुरु गरेको जनाइएको छ ।