ठाडामा क्याम्पस स्थापना

– शोभाखर पन्थी


फाल्गुण-२९ अर्घाखाँची। अर्घाखाँची जिल्लाको दक्षिणी गाविसका बासीन्दाहरु क्याम्पस निर्माणमा जुटेका छन् । उच्च शिक्षा अध्ययनका लागि गाउँमा क्याम्पस नहुँदा गरीब तथा विपन्न परिवारका विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नबाट बिाचत भएको जनाउँदै जिल्लाको ठाडा सितापुर सुवर्णखाल सिमलपानी सिद्धारा जुकेना र जलुके गाविसका स्थानीय बासीन्दाहरु गाउँमा क्याम्पस बनाउँन लागि परेका हुन् ।

 

स्थानीय बासीन्दाहरुको भेलाले ज्योती उच्च मावि ठाडालाई क्याम्पस बनाउन विभिन्न समितीहरु निर्माण गरी क्याम्पस संचालनको अभियान सुरु गरेको छ । गोरुसीङ्गे सन्धिखर्क सडकले यहाँका केही गाविसलाई छोएको भएपनि अत्यन्तै विकट र ठुलो भु-खण्ड ओगटेको दक्षिणी इलाकाका बासीन्दाहरु सरकारी सेवा र सुविधाबाट बिाचत हुँदै आएका छन् ।

 

गाउँमा क्याम्पस संचालनको लागि सरकारी निकायमा पटक-पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि आफै क्याम्पस खोल्न लागेको स्थानीय समाजसेवि हुम बहादुर रायमाझिले बताए । स्थानीय बासीन्दाहरुले गाविसमा जाने अनुदान सहयोग चन्दा संकलन र अन्य स्रोत जुटाई आगामी शैक्षिक सत्रको सु्रुमै स्नातक तहसम्मको पढाई हुने बहुमुखी क्याम्पस संचालन गर्ने भएका छन् ।

 

क्याम्पस संचालनका लागि कुमार केशब सिंह अध्यक्ष रहेको १७ सदस्यीय व्यवस्थापन समिती गठन गरिएको छ । समितीको सचिवमा ज्योती प्रसाद आचार्य कोषाध्यक्षमा प्रकाश ज्ञवाली रहनु भएको छ । यसैगरि प्रकाश ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय विधान मस्यौदा समितीको गठन गर्नुको साथै क्याम्पस साचालनका लागि विभिनन किसिमका उप समितीहरु समेत निर्माण गसरएको छ । गाउँमा क्याम्पस खुल्ने भएपछि उच्च शिक्षा हासिल गर्नबाट बिाचत विद्यार्थी र तिनका अभिभावकमा निकै खुशीयालि छाएको छ ।


अन्य समाचारहरु