पत्रकार महासँघले स्मारिका प्रकाशन गर्ने

– शोभाखर पन्थी


फाल्गुण २९ अर्घाखाँची । नेपाल पत्रकार महासँघ अर्घाखाँचीले पर्यटन वर्ष २०११ लाई सफल पार्न स्मारिका प्रकाशन गर्ने भएको छ ।

 

महासँघको सदरमुकाम सन्धिखर्ककमा सम्पन्न वैठकले जिल्लाका धार्मिक ऐतिहाँसिक र पर्यटकीय स्थलहरुको पहिचान गराउने अभिप्रायले स्मारिका प्रकाशन गर्न लागेको हो ।

 

महासंघद्धारा २०६८ वैसाखमा प्रकाशित हुने स्मारिकामा सुपा देउराली अर्घा भगवती मन्दिर वल्कोट पौवा डमरु ताल ठाडा नरिसंह स्थान बामरुक लगायतका पर्यटकीय स्थलहरुका वारेमा खोजमूलक लेखहरु प्रकाशन गर्ने महासँघले जनाएको छ ।

 

साथै स्मारिकामा जिल्लामा पत्रकारिताको इतिहाँस पत्रकारहरुको कर्तव्य इमान्दारिता चुनौती र आमसाचारको विषयमा लेखिएका लेखहरु प्रकाशन गरीने भएको छ ।

 

वैठकले स्मारिका प्रकाशन तथा व्यवस्थापन गर्न महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थि प्रधान सम्पादक तथा जिल्ला उपाध्यक्ष हिम बहादुर जिसी लेकाली सचिव प्रेम नारायण आचार्य सहसचिव ऋषिराम भुसाल र सदस्य शेशकान्त ओशन सम्पादक रहेको सम्पादक मण्डलको समेत गठन गरेको छ ।

 

महासंघले स्मारिका प्रकाशन गर्न सहयोग पुर्याउन नेपाल पर्यटन वोर्ड जिल्ला विकास समिति लगायतका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुलाई आग्रह गरेको महासंघका अध्यक्ष शोभाखर पन्थीले वताए ।

 

साथै महासंघको वैठकले महासंघका संस्थापक सभापति स्व कृष्ण प्रसाद भट्टराईको तेह्रौ पूण्य तिथीको दिन चैत २ गते सन्धिखर्क स्थित शहिद पार्कमा विहान ८ वजे श्रद्धान्जली सभा गर्ने निर्णय गरेको छ । श्रद्धान्जली सभामा उपस्थित हुन महासंघले जिल्ला स्थित सम्पूर्ण पत्रकार राजनीतिक दल नागरीक समाज लगायत सवै पक्षसंग आग्रह गरेको छ ।



अन्य समाचारहरु