जर्मनीका चान्सलरद्बारा जर्मनीले आणविक केन्द्रको सुरक्षामाथि जाँचबुझ गर्ने कुराको घोषणा

जापानमा गएको भयङ्कर भूकम्पबाट जापानको फुकुशिमा-केनको प्रथम आणविक केन्द्रमा आणविक विष्फोट भएको छ। जर्मनीका चान्सलर एन्जेला मर्केलले हिजो राती जर्मनीले जर्मनीका सत्र वटा आणविक केन्द्रको सुरक्षामाथि जाँचबुझ गर्ने कुराको घोषणा गर्नुभएको छ।

श्रीमती मर्केलले हिजो राती जरुरी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

सो अवसरमा श्रीमती मर्केलले आणविक केन्द्रको सुरक्षा र सबै मानिसको सुरक्षा नै मुख्य कार्य रहेको पनि बताउनुभयो।