जापानको फुकुशिमा रहेको परमाणु संयन्त्रको ३ नम्बर रियाक्टरमा अर्को विष्फोट, दोस्रो बिश्वयुद्ध पछिको सवैभन्दा ठूलो संकट, १० हजारको मृत्यु (LIVE)

– जापानको भूकम्पप्रभावित फुकुसिमा दाइची परमाणु ऊर्जा प्लान्टमा सोमबार बिहान अर्को विस्फोट भएको छ। विस्फोटबाट ३ जना घाइते भएको र ७ जना बेपत्ता रहेको जनाईएको छ। यो विस्फोटबाट रेडियोएक्टिभिटी धेरै चुहिने संभावना धेरै कम रहेकोमा सरकारले आश्वस्त पारेको छ। सरकारका प्रवक्ताले हाइड्रोजनका कारण विस्फोट भएको र त्यसबाट पर्खाल भत्किए पनि विकिरण फैलने गरी मुख्य स्थान विस्फोट नभएको बताएका छन्। यद्यपि विस्तृत विवरण आउन बाँकी छ। सो प्लान्टको ३ नम्बरको रियाक्टरमा आज बिहान विस्फोट भएको हो। परमाणु प्लान्ट नजिकै बस्ने हजारौँ बासिन्दालाई उद्धारकर्मीहरुले सुरक्षित स्थानमा सारिसकेका छन्। यसअघि भएको विस्फोटबाट निस्किएको विकिरणको प्रभाव परेका कम्तिमा २२ जनालाई उपचार गरिएको छ। यसैबीच क्योदो समाचार एजेन्सीले मियागी राज्यका दुई ठाउँमा झण्डै २ हजार शव भेटिएको समाचार दिएको छ। ओजिकावा प्रायद्विपमा एक हजार मिनामिसानकिरुमा अर्को एक हजार शव भेटिएको क्योदोले लेखेको छ। यसैबीच, उत्तरपूर्वी क्षेत्रमा पुनः सुनामी आउन सक्ने भनी दिइएको चेतावनी रद्द गरिएको छ। सुनामीको चेतावनी दिइएपछि त्यहाँका बासिन्दालाई अग्लो स्थानमा जान सूचना जारी गरिएको थियो।

 





 

LIVE: टोक्यो – थाहा भए अनुसार जापानको फुकुशिमा रहेको परमाणु संयन्त्रको ३ नम्बर रियाक्टरमा सोमबार बिहान अर्को विष्फोट भएको छ । उक्त विष्फोट हुन नदिन जापानी अधिकारी तथा वैज्ञानिकहरुले अत्यधिक कोशिश गरेका थिए । यो विष्फोटबाट रेडियोएक्टिभिटी चुहिने सम्भावना धेरै कम रहेको जापानका एक अधिकारीले दावी गरेका छन् ।

 





यसअघि परमाणु प्लान्ट नजिकैका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । यसअघि जापानका प्रधानमन्त्री नाओतो कानले परमाणु केन्द्रमा अर्को विष्फोटको खतरा रहेको बताएका थिए । उनले भुकम्प र सुनामीलाई दोस्रो विश्ययुद्धपछिको ठूलो संकट बताएका थिए । यसअघि शनिबार परमाणु संयन्त्रमा विष्फोट भएको थियो ।

 

यससँगै अमेरिकी बमबारीका कारण दुई शहर हिरोसिमा र नागासाकी खरानी भएको दोस्रो बिश्वयुद्धको घटनापछि गत शुक्रबार आएको सुनामी जापानी इतिहासमा सवैभन्दा ठूलो विपत्ति बनेको छ ।

 

शक्तिशाली भूकम्प र सुनामीका कारण प्रभावित जापान दोश्रो विश्वयुद्ध पछिको सवैभन्दा संकटग्रसत अवस्थामा पुगेको प्रधानमन्त्री नाओतो कानले बताएका छन् । एक टेलिभिजन सम्वोधनका क्रममा प्रधानमन्न्त्री कानले भने-