बङ्गलादेशमा एक तेह्र महिने बालिका बर्ड फ्लुबाट संक्रमित

बङ्गलादेशको राजधानि ढाकामा एक तेह्र महिनाको बालिका बर्ड फ्लुबाट संक्रमित भएको भेट्टाएको छ ।

      संक्रमण रोग नियन्त्रण तथा अनुसन्धान संस्थाका निर्देशक महमुदुर रहमानले सिन्ह्वालाई सो बारे बताएको हो । रहमानका अनुसार बङ्गलादेशमा सन् 2008मा एक मानिसमा भेट्टिएपछि यो दोस्रो हो ।

      बालिकाको अवस्थामा राम्रो नै भएको र हाल भने उचित उपचारको लागि राखिएको जनाएको छ ।

      यस वर्ष बङ्गलादेशको विभिन्न क्षेत्र र शहरमा पंक्षी तथा कुखुरा पालन क्षेत्रमा बर्ड फ्लु फैलिएको छ ।