– शोभाखर पन्थी
फाल्गुण-३ अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले पार्टीका संस्थापक नेता तथा पुर्व पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको १३ औँ दिनको पुण्य तिथिमा आज सदरमुकाम सन्धिखर्कमा श्रद्धााजली सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाली कांगे्रसका नेता तथा केन्द्रीय प्रतिनिधि रामकृष्ण घिमिरे र प्रेम पाठकले स्वर्गीय भट्टराईको दुःखद निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गम्भीर धक्का लागेको बताउँदै उहाँले देखाउनु भएको त्याग समर्पण र बलिदानको बाटो हिड्न सबै पक्षलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालको अध्यक्षता र लोकेन्द्र बिक साचालनमा सम्पन्न कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार बिक नेकपा एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे नेपाली कांगे्रसका युवा नेता बिष्णु मुस्कान र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के।सी।ले स्वर्गीय भट्टराईले राजनीतिमा देखाउनु भएको आर्थिक पारदर्शिता प्रष्ट विचार र त्यागको भावना सबै दलहरुले सीको गर्न योग्य भएको बताउँदै स्वर्गीय सन्त नेता भट्टराई नेपाली कांग्रेसका मात्रै नभई सबै दलहरु र सीङ्गो देशकै प्रीय नेता भएको बताएका थिए ।
कार्यक्रममा नेपाली काग्रेसका पुर्व उपसभापति छविलाल पौडेल महासमिति सदस्य लक्ष्मी श्रेष्ठ महाधिवेसन प्रतिनिधी महमद सफर नेपाली कांगे्रस क्षेत्र नं १ का सभापति चन्द्रमणि पाण्डे क्षेत्र नं-२ का सभापति मणिराम पौडेल जिल्ला सदस्य कृष्ण खनाल तरुण दलका जिल्ला अध्यक्ष पिताम्बर खनाल नेविसंघका जिल्ला अध्यक्ष गणेश भण्डारी महिला संघका जिल्ला सचिव शान्ता भण्डारी दलित संघका जिल्ला अध्यक्ष मणिराम परियार पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसी लेकाली लगायतका वक्ताहरुले स्वर्गीय भट्टराईले नेपालको लोकतान्त्रीक आन्दोलनमा पुर् याउनु भएको योगदानको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
यसअघि नेपाली कांगेसका नेता तथा कार्यकर्ताहरुको मौन जुलुसले सदरमुकाम सन्धिखर्कमा बजार परिक्रममा गरेको थियो ।
(Additional reporting by Prem Nayan Acharya in Arghakhanchi and editing by Umakanta Pandey)