– भिम बहादुर बस्नेत
अर्घाखाँची, हाल दोहा कतार
——————————————–
जिन्दगीको सहयात्री,कतै भिडमा छुटे पछी ।
उदास भो मन मेरो ,आउने आशै टुटे पछी ।।
बर्शौ बिते प्रतिक्षामा ,तिम्रो कुनै पत्तै छैन
धैर्यताले सिमा नाघ्यो,आजै बाँध फुटे पछी ।।
छुट्यो साथ टुट्यो नाता,संम्बध नै पराई भो
दुख्नु दुख्यो मुटु मेरो ,आफन्तले रुठे पछी ।।
चाहिँदैन तिम्रो माया ,मारे तुल्य पारे पछी
फेरी किन दर्शाउनु ,माया चुट्नु चुटे पछी ।।
नदिनु थ्यो दियौ चोट ,घाइते भै बाँचेकै छु
नलगाउ मलम पट्टी ,घाऊहरु दु:खे पछी ।।
सम्झनाको बाण बनी,नचलाऊ तीर तिमी
धमिरोले खाछ तन ,जवानी नै लुटे पछी ।।
०२ चैत्र २०६७