पाकिस्तान र किरगिस्तानले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय थप्दै आर्थिक तथा सेनाको विस्तार गर्न सम्झौता पत्रमा हस्ताक्षर

पाकिस्तान र किरगिस्तानले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय थप्दै आर्थिक तथा सेनाको विस्तार गर्न मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

      पाकिस्तानका प्रधान मन्त्री सइद युसुफ गिलानी मङ्गलबार किरगिस्तानको दुई दिने भ्रमणमा जानु भएको हो ।

      किरगिस्तानका प्रधान मन्त्री अल्माज्बेक अताम्बयेभसँगको भेटपछि प्रेस सम्मेलनमा पाकिस्तानका प्रधान मन्त्री गिलानीले यस समझौताबाट द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय थप्ने बताउनु भयो ।

      दुई पक्षले संयुक्त व्यापार परिषद खोल्ने संसदीय प्रतिनिधीको आदान प्रदान गर्ने लागु पदार्थ ओसारपसारलाई नियन्त्रण गर्ने लगायतका विषयमा हस्ताक्षर भएको छ । साथै सन् 2004मा चार देश चीन पाकिस्तान किरगिस्तान र कजाकस्तानबीच भएको बाटो र सीमा सम्बन्धमा भएको सम्झौतामा पनि दुई देशले एकआपसमा सहयोग गर्ने भएको छ ।

      किरगिस्तानका प्रधान मन्त्री अताम्बयेभले पाकिस्तानले बिद्युत किन्नेमा चासो देखाएको र त्यसको लागि आवश्यक पूर्वाधार तयार गर्ने बताउनु भयो ।

      पाकिस्तानका प्रधान मन्त्री गिलानीको यो पहिलो किरगिस्तान भ्रमण हो । यसअघि सन् 1995मा भूतपूर्व प्रधान मन्त्री बेनजिर भुट्टोले किरगिस्तानको भ्रमण गरेको थियो ।