अमेरिकाले अफ्गानिस्तानमा स्थायी सैन्य अखडाको स्थापना गर्दैन

अमेरिकाले अफ्गानिस्तानमा स्थायी सैन्य अखडाको स्थापना गर्दैन भन्ने विचार रुसले लिएको छ। रुसी विदेशी मन्त्री सेर्गेय लाभरोभले हिजो सञ्चार माध्यमलाई उक्त कुरा बताउनुभएको हो।

      उहाँका अनुसार, यद्यपि आतंकवाद विरोधी गतिविधि सम्पन्न भएपछि अमेरिकाले स्थायी सैन्य अखडाको स्थापना गर्ने कुरा अफ्गानिस्तान सरकारले व्यक्त गरे तापनि अमेरिकाले उक्त कुरा अस्वीकार गर्ने छ। उहाँको विचारमा अमेरिकी सेना अफ्गानिस्तानबाट छिटै हटेपछि अफ्गानिस्तानको सुरक्षा अवस्था कमजोर हुने चिन्ताले अफ्गानिस्तान सरकारले उक्त कुरा व्यक्त गरेको हो।

      अहिले अफ्गानिस्तानमा तैनाथ अमेरिकी र नेटोका सेनाको संख्या एक लाख 45 हजार पुगेको छ। चालू वर्षको सुरुदेखि सन् 2014को अन्तिमसम्म नेटाले अफ्गानिस्तान सरकारलाई प्रतिरक्षा कार्य हस्तांतरण गर्ने निर्णय नेटोले गत वर्ष गरेको थियो। र हाल अफ्गानिस्तानमा अमेरिकाले स्थायी सैन्य अखडाको स्थापना गर्ने की नगर्ने विषयमा नजर पुर्‍याइएको छ।