जपानको परमाणु संयन्त्रलाइ लिएर अन्तरराष्ट्रिय स्तरमा चिन्ता, भयङ्कर भूकम्प र सुनामीका कारण मर्नेहरुको संख्यामा बृद्धि
चैत्र ४ गते, २०६७ मा प्रकाशित
भयङ्कर भूकम्प र सूनामीका कारण जपानको परमाणु संयन्त्रका विषयमा अन्तर्राष्ट्रिय रुपमै चिन्ता बढेको छ। फूकूसीमा परमाणु संयन्त्रमा लगातार तेस्रो विष्फोट भएपछि घातक विकीरण फैलनसक्ने भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ।
अमेरिकी अधिकारीहरुले परमाणु संयन्त्र चिस्याउने प्रयास सफल हुन नसकेको भन्दै अवस्था जटिल हुनसक्ने औल्याएका छन्। उनीहरुले कुनै पनि बेला घातक आणविक विकीरण फैलन सक्ने र त्यसले जपानलाइ मात्र नभएर धर्तीलाइ नै नराम्रोसँग असर गर्न सक्ने चेतावनी समेत दिएका छन्। यद्यपी, अहिलेसम्म जपानी प्राविधिकहरुले विकीरणको चुहावट घातक स्तरको नभएको बताउदै आएका छन्।
यसैबीच, भूकम्प र सुनामीका कारण जपानमा मर्नेको संख्या चारहजार तीनसय चालिस पुगेको छ। जपानी अधिकारीहरुले भूकम्प र सुनामीका कारण कम्तिमा दसहजार मानिसको मृत्यु भएको हुनसक्ने बताएका छन्।
हजारौ मानिस अझै सम्पर्कविहीन रहेकाले मृतकको संख्या बृद्धि हुँदै आइरहेको हो।
अन्तर्राष्ट्रिय समाजले जापानलाई सहायता दिने क्रम जारी
जापानमा गएको भयङ्कर भूकम्पबाट धनजनको ठूलो क्षति भएको छ। केही दिनदेखि यता अन्तर्राष्ट्रिय समाजले जापानको प्रकोपग्रस्त क्षेत्रको अवस्थामाथि नजर पुर्याउनुका साथै निरन्तर रुपमा जापानलाई सहायताको हात बढाइरहेका छन्।
संयुक्त राष्टरसंघले अन्तर्राष्ट्रिय उद्धार कार्य गर्न जापानमा सात जना विद्बानहरुबाट गठित एउटा टोली पठाएको छ।
सिङ्गापुर , दक्षिण अफ्रिका , फिलिपिन्स , इटली र इजरायल आदि सरकारले पनि चिकित्सा र खोजतलाशसम्बन्धी उद्धार टोली जापान पठाएका छन्।
जापानको प्रहरी व्यूरोले हिजो पन्ध्र तारिखका दिन सार्वजनिक गरेको तथ्याङ्कअनुसार , स्थानीय समय सोही दिन राती आठ बजेसम्म जापानमा गएको भयङ्कर भूकम्प र सुनामीमा परी तीन हजार तीन सय त्रीहत्तर जनाको मृत्यु हुनुका साथै छ हजार सात सय छयालीस जना बेपत्ता भएका छन्।