आउँदै गरेको प्रवेशिका परिक्षालाई मर्यादित र व्यवस्थित गर्ने उदेश्यले जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीद्वारा एक कार्यक्रम सम्पन्न

– शिक्षा रायमाझी

 


सन्धिखर्क, अर्घाखाँची । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले आउँदै गरेको २०६७ सालको प्रवेशिका परिक्षा एसएलसीलाई थप मर्यादित अनुशासित र व्यवस्थित रुपमा सन्चालन गर्ने उदेश्यले सन्धिखर्कमा एक कार्यक्रम सम्पन्न गरेको छ ।

 


जिल्लामा रहेका ठुला र साना पार्टीका प्रतिनिधिहरु सहित सम्बन्धित निकाय र सरोकारवालाहरुलाई जिल्ला कार्यालयमा जमघट गराइ एसएलसी परिक्षालाई जिल्ला भर शान्तीपूर्वक व्यवस्थित रुपमा के कसरी सन्चालन गर्ने भनेर छलफल गराइएको थियो।

 


छलफलमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रशाद मरासिनी, जिल्ला शिक्षा अधिकारी सुर्य प्रशाद भुसाल, जिल्ला शिक्षा कार्यालयका अधिक् त लीला बहादुर राउत, मित्रमणी भुसाल त्यसैगरी पार्टी प्रतिनिधीहरुमा माओवादीका ठाकुर बिक, एमालेका रामजी घिमिरे, एकिक् तका यमुना भुसाल, काङ्रेसका कमल प्रशाद भुसाल, राष्ट्रिय जनमोर्चाका सागर के.सी, लगायत प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

 


यसैक्रममा थाहा भए अनुसार आगामी चैत्र १० देखी सन्चालन हुने परिक्षाको लागि जिल्ला भर २४ वटा केन्द्र रहेको र जिल्लाबाट यस बर्षको एसएलसीमा नियमित (रेगुलर) तर्फ ३,६८४ र एक्जामटेड तर्फ २,०२४ गरी जम्मा ५,७०८ जना बिधार्थीहरु परिक्षामा समीलित हुने शिक्षा शाखाले जानकारी गराएको छ भने परिक्षा बिहान ८ बजे देखी ११ बजे सम्म हुनेछ ।


अन्य समाचारहरु