संयुक्त राष्ट्र संघ सुरक्षा परिषदद्धारा लिवियाको आकाशमा उडान निषेधित क्षेत्र घोषाणा गर्ने प्रस्तावको अनुमोदन




संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले लिवियाली जनताको सुरक्षाका लागि आवश्यक सबै प्रकारका सुरक्षा संयन्त्र अपनाउने विकल्पसहित लिवियाको आकासमा उडान निषेधित क्षेत्र घोषाणा गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

 

सुरक्षा परिषदका पन्ध्र सदस्य राष्ट्र मध्ये दश राष्ट्रहरुले उडान निषेधित क्षेत्र घोषाणा गर्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए भने रुस, चीन, जर्मनी, भारत र ब्राजिल भने मतदानमा सहभागिता जनाएका थिएनन्।

 

रुस र चीनमा भिटो प्रयोग गर्ने अधिकार भए पनि उनिहरुले उडान निषेधित क्षेत्र घोषाणा गर्ने प्रस्ताव माथि सो अधिकार प्रयोग नगरेको समाचारमा उल्लेख छ। लिवियाका शासक कर्णेल मोअम्मर गद्याफि राजिनामा माग गर्दै भएको आन्दोलनमा माथि गद्याफी फौजले पछिल्लो समयमा विपक्ष नियन्त्रण लिने क्रममा हवाइ आक्रमण गरेपछि अमेरिका, फ्रान्स, बेलायत र लेबनानले उडान निषेधित क्षेत्र घोषाणाको प्रस्ताव अघि सारेका थिए।  


त्यसैगरी सुरक्षा परिषदमा भैरहेको मतदानको प्रत्यक्ष प्रशारण हेरिरहेका विपक्षीको पकड मानिने बेन्घाजी शहरमा हजारौ विपक्षीहरुले खुशियाली मनाएका छन्।