पश्चिमेली देश एवम अरब विश्वद्वारा लीबियाको हवाई क्षेत्रमा लड़ाकू विमान केही घण्टामै तैनाथ गर्दै, गद्दाफ़ीद्वारा युद्द विरामको घोषणा
चैत्र ५ गते, २०६७ मा प्रकाशित
लीबियाका विदेश मन्त्री मूसा कूसाले पत्रकारलाई संबोधन गर्दै लीबिया सरकारले कर्णेल गद्दाफ़ीका समर्थकको विरुद्द सैन्य अभियानलाई तुरुन्त रोक्ने गरी युद्द विरामको घोषणा गरेका छन ।
यसैगरी उनले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले लिवियाली जनताको सुरक्षाका लागि आवश्यक सबै प्रकारका सुरक्षा संयन्त्र अपनाउने विकल्पसहित लिवियाको आकासमा उडान निषेधित क्षेत्र घोषाणा गर्ने प्रस्ताव अनुमोदनको अनुचित भएको भन्दै यो लीबियाको विरुद्द हिंसाको प्रयोगको वकालत गरेका छन।
यसैबिच ब्रिटेनका प्रधानमन्त्री डेविड कैमरनले लीबियाको ‘नो फ्लाई ज़ोन’ यानि ‘उड़ान निषेध क्षेत्र’ घोषित भए लगतै बाद वहां टोरनेडो अर्थात टाइफून लड़ाकू विमान तैनात गरिएको बताएका छन ।
साथै फ्रांसका सरकारी प्रवक्ताको भनाइ अनुसार लड़ाकू विमान केही घण्टामै लीबियाको हवाई क्षेत्रमा तैनाथ गरिने बताएका छन ।
उता अमेरिकका राष्ट्रपति बराक ओबामाले कर्णेल गद्दाफीलाई तुरुन्त संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले गरेको मागलाई स्विकार गर्न वा सैनिक कारबाही फेस गर्न तयार रहन आग्रह गरेका छन ।
यस अघि संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले लिवियाली जनताको सुरक्षाका लागि आवश्यक सबै प्रकारका सुरक्षा संयन्त्र अपनाउने विकल्पसहित लिवियाको आकासमा उडान निषेधित क्षेत्र घोषाणा गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
सुरक्षा परिषदका पन्ध्र सदस्य राष्ट्र मध्ये दश राष्ट्रहरुले उडान निषेधित क्षेत्र घोषाणा गर्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए भने रुस, चीन, जर्मनी, भारत र ब्राजिल भने मतदानमा सहभागिता जनाएका थिएनन्।
रुस र चीनमा भिटो प्रयोग गर्ने अधिकार भए पनि उनिहरुले उडान निषेधित क्षेत्र घोषाणा गर्ने प्रस्ताव माथि सो अधिकार प्रयोग नगरेको समाचारमा उल्लेख छ। लिवियाका शासक कर्णेल मोअम्मर गद्याफि राजिनामा माग गर्दै भएको आन्दोलनमा माथि गद्याफी फौजले पछिल्लो समयमा विपक्ष नियन्त्रण लिने क्रममा हवाइ आक्रमण गरेपछि अमेरिका, फ्रान्स, बेलायत र लेबनानले उडान निषेधित क्षेत्र घोषाणाको प्रस्ताव अघि सारेका थिए।
त्यसैगरी सुरक्षा परिषदमा भैरहेको मतदानको प्रत्यक्ष प्रशारण हेरिरहेका विपक्षीको पकड मानिने बेन्घाजी शहरमा हजारौ विपक्षीहरुले खुशियाली मनाएका छन्।