संबिधान सभा अनेकौं बहाना बनाएर
झगडा गर्ने भाको छ,आज भोली अड्डा ।।
डिस्को क्यफे मा थकान मेट्ने हुस्की सँग
मासु, चिउरा भो, आज भोली अचार च्वाट्ट ।।
काँचो माटो भय पाक्थ्यो होला कुटी कुटी
माटो पाक्ने भाछ , आज भोली इटा भट्टा ।।
काम थोरै कुरा धेरै , खडेरी छ लाग्या
खहरे खोला को भो ,आज भोली पानी घट्टा ।।
लहरा झै जेलीयको , माकुरी को जालो
तानेर न सिद्दिने भो , आज भोली लट्ठा ।।
संसदमा संबिधान सभा को कुरा गर्दा
दुनियाँ लाई भो , आज भोली हाँसो लट्ठा ।।
५ चैत्र २०६७