नेटोबाट अफगानीस्तान सुरक्षा सेनाले सुरक्षा कार्य हातमा लिएका प्रान्त तथा क्षेत्रको नामावली अफगानी राष्ट्रपति कार्जाइले भोली मार्च बाइसमा सार्वजनिक गर्नुहुने छ। उक्त जानकारी आज अफगानी उप राष्ट्रपति महमद करिम खलिलीले अफगानीस्तानको उत्तरी भागमा पर्ने बाल्ह प्रान्तको सदरमुकाम माजार ए शारिफमा आयोजित अफगानी नव वर्ष समारोहमा बताउनु भएको हो।
अफगानी संचारमाध्यमले जनाए अनुसार, भोली सार्वजनिक हुने नामावलीमा उत्तरी शहर माजार ए शारिफ तथा पश्चिमी प्रान्त हेराट रहेका छन।
आज मार्च एक्काइस तारिख अफगानी नव वर्षको पहिलो दिन हो। उप राष्ट्रपति खालिलीले तालिवान तथा सशस्त्र शक्ति तत्वलाई हतियार छोडेर सरकारको नेतृत्वमा रहने शान्ति प्रक्रियामा भाग लिने आह्वान गर्नुभएको छ।