जापानको फुकुशीमा टापूमा अवस्थित एक नम्बर आणविक स्टेशनको दुइ नम्बर तथा पाँच नम्बर जेनेरेटर समूहको बाह्य विजुली आपूर्ति हिजो पुनः शुरु भयो। आज जापानले एक नम्बर आणविक स्टेशनमा पानी छर्दै विजुली आपूर्ति प्रणालीको जरुरी मर्मत गर्दै छ। तर आज विहान तीन नम्बर जेनेरेटर समूहमाथि खैरो धुवाँ निस्केको छ भने दिउँसो दुइ नम्बर जेनेरेटर समूहबाट सेतो धुवाँ निस्केको छ।
र जापानको अर्थ तथा उद्योग मन्त्रालय अन्तर्गत आणविक उर्जा सुरक्षा तथा संरक्षण विभागले जनाएको हो।
प्राप्त अर्को जानकारी अनुसार, अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजिन्सीले हिजो फुकुशीमा टापूमा अवस्थित आणविक स्टेशनको परिस्थिति अपेक्षाकृत रुपमा स्थिर भएता पनि वास्तविक अवस्था गम्भीर रहँदै आएको जनाएको छ।