अफ्गानी राष्ट्रपति हमीद कार्जाइले आज अफगानी सुरक्षा सेनाले नेटोबाट सुरक्षा कार्य हस्तान्तरण गरिएका पहिलो खेपका क्षेत्रहरुको नामावली सार्वजनिक गर्नुभएको छ।
उहाँले आज बिहान सम्बोधन गर्दै उक्त कुरा भन्नुभएको हो। ती क्षेत्रहरुमा काबुल (सारोबीबाहेक), पान्शीर, बामीयान, हेल्मान्द प्रान्तको सदरमुकाम लाशकर गार, बाल्ह प्रान्तको सदरमुकाम माजारी शारिफ, हेराट तथा लागमान प्रान्तको सदरमुकाम मेहटरलाम रहेका छन्। सुरक्षा कार्य ती प्रान्तहरुको सदरमुकामबाट अन्य क्षेत्रसम्म विस्तार गरिनेछ।
हालसम्म अफ्गानिस्तानस्थित नेटो अन्तर्राष्ट्रिय सुरक्षा उद्धार सेनाको संख्या एक लाख चालीस हजार छ। गतवर्षको नोभेम्बर महिनामा नेटोका नेताले सन् 2011 को सुरुदेखि नै अफ्गान सरकारलाई सुरक्षा मामिला हस्तान्तरण गर्ने निर्णय गरेको थियो। उक्त हस्तान्तरण कार्य सन् 2014सम्म पूरा हुने योजना रहेको छ।