जापानको फुकुशिमा डाइछी आणविक विद्युत केन्द्रको छ वटा जेनेरेटर समूहले हिजो राती बाहिरको बिजुलीसँग जोडेको छ।
जापानले आणविक दुर्घटनाको प्रभावको नियन्त्रणमा धेरै महत्वपूर्ण पाइला अघि सारेको छ। तर आज फेरि अर्को समस्या आएको छ।
पहिलो जेनेरेटर समूहको रियाक्टर झन् तातिएको छ, दोस्रो जेनेरेटर समूहले आणविक विकिरण गम्भीर रुपमा बढाएको छ, र तेस्रो जेनेरेटर समूहले कालो धुवाँ फालेको छ। यी सबै कुराबाट हालै फुकुशिमा डाइछि आणविक विद्युत केन्द्रको परिस्थिति अस्थिर नै रहेको छ।