बिराटनगर – बिराटनगरबाट प्राप्त समाचार अनुसार एसएलसी परीक्षा सुरु हुनु पहिलानै प्रश्नपत्र आउट गरेर परीक्षालाई अर्मादित गरेको अभियोगमा स्टार बोर्डिङ परीक्षा केन्द्रका केन्द्रध्यक्ष र सहायक केन्द्रध्यक्षलाई प्रहरीले बिहीवार पक्राउ गरेको छ ।
विराटनगर-१४ स्थित कस्मीक एजुकेशन सेन्टरका सञ्चालक मनिष सहनीलाई विहीवार अंग्रेजी विषयको परीक्षा सुरु हुनुभन्दा एक घण्टा पहिलानै प्रश्नपत्र उपलब्ध गराएको भन्दै प्रहरीले स्टार बोर्डिङ परिक्षा केन्द्रका केन्द्रध्यक्ष डा. उद्धव पोखरेल, सहायक केन्द्रध्यक्षद्धय डिल्ली पोखरेल र रवि रोकालाई पक्राउ गरेको हो । पक्राउ परेका सहायक केन्द्रध्यक्ष पोखरेल नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद र नेपाल प्रेस चौतारीका केन्द्रिय सदस्य पनि हुन् ।
केन्द्रध्यक्ष र सहायक केन्द्रध्यक्षकै मिलोमतोमा परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगाडी प्रश्नपत्र सार्वजनीक भएको पुष्टी भएपछि उनीहरुलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी दिपक थापाले ईकान्तिपुरलाई वताए ।
प्राइभेट परीक्षार्थी राखिएको विराटनगर-१७ स्थित उक्त परीक्षा केन्द्रका केन्द्रध्यक्ष र सहायक केन्द्रध्यक्षले आर्थिक प्रलोभनमा परेर एक घण्टा पहिलानै प्रश्न आउट गरेको एसपी थापाको अनुमान छ ।
यसअघी प्रहरीले विराटनगर-१४ स्थित कस्मीक एजुकेशन सेन्टरमा परीक्षा सुरु हुनुभन्दा एक घण्टा पहिलानै अंग्रेजी विषयको प्रश्नपत्र ल्याएर चिट लेखेर फोटोकपी गर्दै गरेको अवस्थामा प्रहरीले सेन्टरका सञ्चालक मनीस सोहनी सोर्णकार सहित १६ जनलाई पक्राउ गरेको थियो । सेन्टरका सञ्चालक सोहनीले स्टार वोर्डिङ स्कुल परीक्षा केन्द्रका केन्द्रध्यक्ष र सहायक केन्द्रध्यक्षले एक घण्टा पहिला नै प्रश्न उपलब्ध गराएको वताएपछि उनीहरुलाई पक्राउ गरिएको एसपी थापाको भनाई छ । एजुकेशन सेन्टरका सञ्चालक सहनीलाई प्रहरीले ट्वाइलेटवाट पक्राउ गरेको थियो ।
उक्त एजुकेशन सेन्टरवाट प्रहरीले चिट वनाउन संलग्न १६ जना सहित, सक्कली प्रश्नपत्र, तयार गरिएको चिट, फोटोकपी मेशिन लगायतका समाना पनि वरामद गरेको छ । प्रहरीका अनुसार परीक्षा सुरु हुनुभन्दा एक घण्टा पहिला नै चिट वनाउँदै गरेको अवस्थामा पक्राउ पर्नेमा सञ्चालक मनीष सोहनी सोर्णकार, टिका ढकाल, दुर्गा पौडेल, विनोद खड्का, लिलम प्रधान, प्रशान्त श्रेष्ठ, रञ्जन शाही, भिष्म धमला, सरोज भट्टराई, अनुज दाहाल, सौरव खरेल, राम थानदार, यूवराज वास्तोला, उपेन्द्र मण्डल, गौरव राजबंशी, मित्र धमला र निर्मल प्रधान छन् ।
त्यसैगरी गोग्राहा केन्द्रमा परिक्षा अमर्यादित गराउन सहयोग गर्ने परीक्षा निरीक्षक लक्ष्मण थानेदार, स्टार वोर्डिङ केन्द्रवाट नक्कली परिक्षार्थी गंगाराम चौधरी र सरस्वती उच्च मावि केन्द्रवाट नक्कली पर्यवेक्षक सुधिर साहलाई सयथान चिट सहित प्रहरीले पक्राउ गरेको छ ।
मोरङका कुल ५४ परिक्षा केन्द्रमा यसपालीको एसएलसीमा नियमीत तर्फ१५ हजार ८ सय ६ र एक्जाम्टेड तर्फ१ हजार दुई सय ७३ परिक्षार्थी परिक्षामा संलग्न छन् । ति मध्ये मोरङ कारागारका दुईजना कैदी, १२ जना अपाङगा र ९ जना वहिरा परिक्षार्थी रहेको जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।