बर्दियाका सञ्चारकर्मीलाई एसएलसी परीक्षाको समाचार संकलनमा रोक

– निर्मल घिमिरे

 

बर्दिया – जिल्ला प्रमुख अधिकारी रामकृष्ण सुवेदीले बर्दियाका सञ्चारकर्मीलाई एसएलसी परीक्षाको समाचार संकलनमा रोक लगाएका छन्।

 

शिक्षा कार्यालय प्रमुख र पत्रकार महासंघ, बर्दियाले प्रवेशिका परीक्षामा सञ्चारकर्मीलाई समाचार संकलन गर्ने दिएको सहमतिविपरीत सिडिओले संचारकर्मीलाई परीक्षा भएको परिसरभित्र पस्न नदिने निर्देशन दिएका हुन् । शिक्षा कार्यालय र पत्रकार महासंघले परिक्षा मर्यादित र व्यवस्थित गराउनका लागि भएको सम्झौता बिपरित सिडिओले केन्द्राध्यक्षलाई निर्देशन दिएकाले बिहीबार समाचार संकलन गर्न नसकिएको पत्रकार महासंघका सदस्यहरुको आरोप छ।

‘सिडिओ रामकृष्ण सुबेदीले जिल्ला शिक्षा कार्यालयको अनुमति बिना सञ्चाकर्मीलाई पस्न नदिने निर्देशन दिएका छन् ‘ शम्भुशरण माविका केन्द्राध्यक्ष महादेव शाहले भने, ‘परिचय पत्र बोकेका सञ्चारकर्मीलाई बाहिरबाट अनुगमन गर्न दिने शिक्षा कार्यालयले निर्देशन दिएको छ’। निर्देशन बमोजिम सञ्चारकर्मीहरु त्यहाँबाट फर्केका छन्। 

त्यसैगरी नियमित समयभन्दा परीक्षा आधा घन्टा ढिला सुरु भएको थियो।