मर्यो न भन ल ( गजल )

-भिम बहादुर बस्नेत
अर्घाखाँची, नेपाल
हाल दोहा कतार


———————————————-
दुई बचन् मिठो बोल्दा,माया गर्‍यो न भन ल ।
आफन्तलाई भेटन जाँदा,बसाई सर्यो न भन ल ।।
 
फूल हुं म फूल फुली,बासना छर्ने मग मग
दुई दिनमै फुल्नै नपाई,ओईली झर्यो न भन ल ।।
 
सबैलाई हेर्ने नजर,उस्तै उस्तै छ है मेरो
पराई यहाँ कोही छैन,आखाँ तर्यो न भन ल ।।
 
माया गर्छु अझै पनि,आफूलाई भन्दा धेरै
जाल थापी जालहारी,माया हर्यो न भन ल ।।
 
तिम्रो शिरको बोझ बनी,बस्न चाहिन हृदयमा
टाढा रहें सदै भरी,समस्या टर्यो न भन ल ।।
 
रिसायर गाली गर, बरु म सँग बोल्दै नबोल
बिन्ती छ है तिमीलाई,तर मर्यो न भन ल ।।


                                                                 १० चैत्र २०६७