इजरेली लडाकू विमानद्वारा गाजा क्षेत्रमाथि बम बर्षा

इजरेली लडाकू विमानहरुले स्थानीय समय अनुसार 24 तारिख विहान सबेरै गाजा क्षेत्रमा बम बर्षाएको छ। यसक्रममा हमासको उच्च स्तरीय प्रमुख ईस्मायल हनेयाले गाजा क्षेत्रमा सतर्कता अपनाउन भन्नु भएको छ।

                          स्थानीय बासिन्दाका अनुसार बम विस्फोटनका आवाज गाजाका अनेकौँ क्षेत्रमा सुनिन्छ। यसकारण गाजा शहरका धेरै ठाउँ बिद्युत आपुर्ती थप्प भएको छ। हाल इजरेली लडाकू विमानहरु गाजा क्षेत्रको आकाशमा उडिरहेको छ। त्यसका साथै इजरेलका गश्ती जहाजहरुले गाजा क्षेत्रको नजीकै समुद्रमा गश्ती गरिरहेको छ।

 


                          श्री हनेयाले इजरेली सैनिक आक्रमणबाट जोग्नका लागि विभिन्न समुदायलाई आ-आफ्नो ठाउंबाट अविलम्ब हट्न आह्वान गर्नुभएको छ।