जापानी आणविक ऊर्जा केन्द्रबाट निस्केको विकिरणद्बारा पानी तथा खाद्य पदार्थ प्रभावित

जापानी आणविक ऊर्जा केन्द्रबाट निस्केको विकिकरणको प्रभावित परिधि ठूलो हुन्दै गएको छ। यसै सन्दर्भमा जापानका प्रधानमन्त्री नाओतो कानले आफ्ना नागरिकलाई फुकुशिमा-केन जिल्लामा उत्पादित तरकारी नखान अनुरोध गर्नुभएको छ। यसैगरी जापानी आणविक ऊर्जा केन्द्रबाट निस्केको विकिकरणबाट खानेपानी तथा खाद्य पदार्थ प्रभावित भइ मानिसको जीवनमा असर पर्नथालेको छ।

यसका साथै विभिन्न मुलुक तथा क्षेत्रले जापानबाट आयात भएको कृषि बस्तुबारेको जाँझबुझलाई कडा पारेको छ। अमेरिकाले बाइस तारिखका दिन जापानको फुकुशिमा-केन जिल्लाबाट दुध,दुग्धजन्य पदार्थ तथा ताजा फलफुल र तरकारीको आयात रोक गर्ने सार्वजनिक गरेको छ। साथै समुद्रीय खाद्य सामग्रीले सर्वप्रथम आणविक जाँझबुझ गरिएपछि अमेरिकी बजारमा प्रवेश पाएको छ।