लिबियाको राजधानीको पूर्वी कछाड क्षेत्रमा आज मध्य-पश्चिमी गठबन्धन सेनाबाट फेरि हवाइ आक्रमण गरिएको छ। हालसम्म हताहत भएको अवस्था अज्ञात रहेको पनि बताइएको छ।
स्थानीय समयअनुसार, आज मध्य बाह्र बजेतिर थाचुरा क्षेत्रमा ठूलो विस्फोट भएको छ। लिबिया समाचार समितिले जनाएअनुसार, थाचुरा क्षेत्रमा रहेका केही सैनिक तथा नागरिक प्रबन्ध पश्चिमी सैनिक शक्तिद्बारा प्रहार गरिएका छन्।
थाहा भएअनुसार, सो क्षेत्र राजधानीबाट तीस किलोमिटर टाढा पर्दछ। हिजो राती उक्त क्षेत्र पश्चिमी सैनिक गठबन्धनबाट हवाइ आक्रमण गरिएको थियो।