लीबियामा नो-फ़्लाई ज़ोन लागु गर्ने घोषणा सँगै फ्रान्सेली युद्द विमानहरुले लीबियामा हवाई हमला गरेका छन। भने यस सँगै अमेरिका एवम ब्रिटेनले उक्त सैन्य हमला सामेल भएका छन।
पेंटागनले बताए अनुसार अमेरिकन सैन्यले लीबियामा १०० भन्दा बढी क्रूज़ मिसाइल प्राहर गरेका छन। उता फ्रान्सेली सैन्य हवाई हमलाहरुमा कयौ टैक नष्ट गराइ दिएका छन।
यस अघि प्रकासित समाचार
लिविया सरकार विरुद्धको शैन्य कारवाही शुरु भएको छ।
फ़्रांसका राष्ट्रपति निकोला सार्कोज़ीले बताए अनुसार विद्रोहिले कब्जा लिएको शहर बेनग़ाज़ीका जनताहरुको रक्षाका लागि फ़्रांससेली युद्धक विमान लीबियाका आकाशमा उड़न थालेका छन।
सार्कोज़ीको बयान अनुसार कर्णल गद्दाफ़ीका सेनाको बेनग़ाज़ीमा प्रवेश गर्न समाना गर्ने छन । उता क्यानडा, ब्रिटेन लगायतका देशका वायुसेना लीबियाको सीमामा पुगी सकेका छन।
यस अगाडी अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिवियाली नेता कर्णेल गद्दाफीलाई संयुक्त राष्ट्र संघको माग स्विकार नगरे सैन्य कारवाहीको सामना गर्न चेतावनी दिएका छन्। उनले गद्दाफीलाई नागरिकमाथिको आक्रमण रोक्न र विद्रोहीहरुको कब्जामा रहेको क्षेत्रबाट सैनिक हटाउनु पर्ने बताएका छन्।
शुक्रवार सुरक्षा परिषदमा लिवियामा गद्दाफी विरुद्ध उडान निषेधित क्षेत्र घोषणा गर्ने प्रस्तावलाई अनुमोदन गरिएको थियो। लिवियाका नागरिकलाई सुरक्षा दिने उद्देश्यले गद्दाफी विरुद्ध उडान निषेधित क्षेत्र घोषणा गरिएको छ। यसपछिको विकशित घटनाक्रममा गद्दाफीको सरकारले विद्रोही विरुद्धको जारी युद्धलाई रोक्दै युद्धविरामको घोषणा गरेको थियो।
अमेरिकाले लिविया सरकार विरुद्धको शैन्य कारवाही एक निश्चित ल73यसम्म सिमित रहने जनाएको छ। अमेरिकाले लिवियाको जमिनमा आफ्नो सैनिक तैनाथ नगर्ने पनि स्पष्ट पारेको छ। गद्दाफीले ४१ वर्षदेखि लिवियामा एक छत्र शासन गर्दै आएका छन्।
गद्दाफीलाई सत्ताबाट हटाउनूपर्ने माग राख्दै गरेको प्रदर्शनले हिंसक रुप लिएपछि लिविया अहिले रणभूमिमा परिणत भएको छ। लिवियामा सरकारले गरेको युद्धविरामपछि पनि गद्दाफीका वफादार सैनिक र विद्रोहीबीच भिडन्त जारी रहेको बताइएको छ। लिवियाको तेस्रो ठूलो शहर मिस्रातामा दुवै पक्षबीच भएको भिडन्तमा २५ जनाको मृत्यु भएको स्थानिय चिकित्सकले बताएका छन्।