अमेरिका, बेलायत र फ्रान्सको गठबन्धन फौजले लिवियाका नेता कर्णेल मुम्मर गद्दाफीका समर्थक फौज बिरुद्ध संयुक्त सैन्य कारवाही सुरु गरेका छन् । उडान निषेधित घोषणा गरिएको राष्ट्र संघीय निर्णयलाई लागु गराउन आक्रमण गरिएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी र बेलायती फौजले १ सय १० वटा मिसाइल गद्दाफी समर्थक फौजमाथी प्रहार गरिएको जनाईएको छ । गद्दाफीको फौजले राष्ट्र संघको उडान निषेधित क्षेत्र घोषणाको अबज्ञा गर्दै बिद्रोहीहरुको पकडमा रहेको बेङ्गाजी क्षेत्रमा शुक्रबारदेखि हवाइ तथा थल आक्रमण सुरु गरेको थियो । कर्णेल गद्दाफीले भने संयुक्त फौजको आक्रमणको प्रतिरोध गर्ने उल्लेख गर्दै आम जनताका लागि हतियार भण्डार खुला गरिने बताएका छन् । संयुक्त फौजले लिवियाको राजधानी ट्रिपोली र मिसताराका हवाइ सुरक्षा अखडाहरुमा प्रहार गरिएको थियो । एक सैनिक प्रबक्ताका अनुसार फ्रेञ्च लडाकु विमानले पहिलो पटक लिवियाको सैनिक अखडामा आक्रमण गरेको र त्यसबाट सैनिक सवारीहरु ध्वस्त भएको बताए । बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले बेलायती लडाकु विमानहरुले लिवियामाथि आक्रमण गरिरहेको पुष्टि गरेका छन् । ४२ बर्षदेखि शासन गरिरहेको कर्णेल गद्दाफीको बिरुद्धमा करिव एक महिना अघि लिवियामा बिद्रोह सुरु भएको थियो । विद्रोहीहरुले राजधानी ट्रिपोली बाहेक प्रमुख शहरहरु कब्जामा लिएका थिए । तर, बिस्तारै पुन गद्दापी समर्थक फौजले ति सहरहरु लिने क्रम सुरु गरेको थियो । यही प्रयासमा शनिबार गद्दाफी समर्थक फौजले बेङ्गाजीमा आक्रमण सुरु गरेका थिए । राष्ट्रसंघले आफ्नै नागरिक माथी दमन नगर्न चेतावनी दिंदै आएको थियो । लिवियालाई उठान निषेधित क्षेत्रको रुपमासमेत घोषणा गरिएका थिए । सुरु देखि नै विद्रोहीहरु प्रति कडा रबैया अपनाउँदै आएका गद्दाफीले राष्ट्रसंघीय चेतावनीकोसमेत कुनै पर्वाह नगरी दमन गरिरहेको थियो । लिवियाको सरकारी टेलीभिजनले गठबन्धन फौजको आक्रमणमा ४८ जना मारिएको जनाकएको उल्लेख छ ।