म्यानमारका अधिकारीले हालसम्म म्यानमारको उत्तर-पूर्वी भागमा हिजो राती गएको भूकम्पमा परी कम्तीमा चौहत्तर जनाको मृत्यु भएको साथै अरु एक सय एघार जना घाइते भएको जनाएका छन्। तारलै क्षेत्र सबैभन्दा गम्भीर रुपमा ध्वस्त भएको छ।
भूकम्पपछि म्यानमारका कङतुङ र ताछीलेक शहर आदि स्थानिय शहरमा जरुरी उद्धार कार्य भैरहेको छ।
थाहा भएअनुसार, भूकम्पको केन्द्रनजिक बस्ती कम रहेकोले हताहत हुनेहरू कम नै छन्। हालसम्म हताहतीको थप ठोस अवस्था थाहा हुनसकेको छैन।