जापानमा गएको भयङ्कर भूकम्प तथा समुद्री लहर सुनामीमा परी मृत्‍यु हुनेको सन्ख्या दश हजार छयसट्ठी

आज दिउँसो छ बजेसम्म जापानमा गएको भयङ्कर भूकम्प तथा समुद्री लहर सुनामीमा परी दश हजार छयसट्ठी जनाको ज्यान गएको साथै सत्र हजार चार सय बाउन्न जना अझ बेपत्ता छन्।

 

 

जापानको फुकुशिमा दाइची आणविक उर्जा केन्द्रको तीन नम्बर रियाक्टरको केही भाग ध्वस्त भएको शङ्का

 

जापानको फुकुशिमा दाइची आणविक उर्जा केन्द्रको तीन नम्बर जेनेरेटर समूहको रियाक्टरका केही भाग ध्वस्त भएको सम्भावना रहेको जापान पारमाणविक उर्जा सुरक्षा विभागले आज जनाएको छ। यसै कारणले उक्त जेनेरेटर समूहको भूमिगत कोठामा रहेको पानीमा भेटिने आणविक विकरण सामान्य स्तरभन्दा दुइ गुणा भएको बताइएको छ।

               यसका साथै जापानको मुख्य मन्त्रीमण्डलका सचिव इदानो युकीऔले आज बोल्दै विकिरणको निरन्तर प्रभाव, सामग्रीको आपूर्तिको अपुग भएकोले फुकुशिमा दाइची आणविक उर्जा केन्द्र वरिपरि बीसदेखि तीस किलोमिटरसम्मको परिधिमा बस्ने बासिन्दाहरुलाई अन्यत्र सार्ने सम्भावना रहेको बताउनुभएको छ।

              आज बिहान एघार बजेसम्म जापानमा गएको भयङ्कर भूकम्प तथा समुद्री लहर सुनामीमा परी दश हजार छयसट्ठी जनाको ज्यान गएको साथै सत्र हजार चार सय बाउन्न जना अझ बेपत्ता छन्।