लिवियामा गद्दाफी फौजको आक्रमण रोक्न उडान निषेधित क्षेत्र लागु गर्ने जिम्मा नेटो सेनालाई

लिवियामा त्यहाँका नागरिक माथि शासक मोहम्मर गद्याफी फौजबाट हुने गरेका आक्रमण रोक्न उडान निषेधित क्षेत्र लागू गर्ने अर्न्तराष्ट्रिय सेनाको नेतृत्व उत्तर एटलान्टिक सन्धी संगठन नेटोले लिने भएको छ।

 

उडान निषेधित क्षेत्र कार्यन्वनका लागि अमेरिकी नेतृत्वको अर्न्तराष्ट्रिय सेनाले विगत छ दिन देखि आफ्नो कारबाही जारी राखेको समयमा नेटोले त्यसको नेतृत्व लिएर उडान निषेधित थप प्रभावकारी बनाउन सहमत भएको हो।

 

नेटोका महासचिब एन्देर्स फोग रास्मुसेनले उडान निषेधित क्षेत्र लागू गर्ने बाहेकका अन्य अभियान अगाडि बढाउने हात नेटो गठबन्धनमा रहने जानकारी दिएका छन्।

 

लिवियामा गद्याफी फौजले विद्रोही फौजले नियन्त्रणमा लिएका क्षेत्र आफ्नो नियन्त्रणमा लिने क्रममा हवाइ आक्रमण तिब्र पारे पछि नागरिकको हताहति रोक्न गत शुक्रबार संयुक्त राष्ट्र संघले उडान निषेधित क्षेत्रको प्रस्ताव अनुमोदन गरेको थियो। यसैबीच अर्न्तराष्ट्रिय सेनाले लिविया माथि हवाइ कारबाही छैठौ दिन सम्म जारी राखेको छ।