डेरा सीरिया । यमनको राजधानी सनामा परस्पर विरोधी प्रदर्शन जारी छ भने सीरियाको डेरा शहरमा प्रर्दशनका दौरानमा भएका गोलबारीमा कम्तिमा २० जनाको मृत्यु भएको जनाइएको छ।
सीरियाको डेरामा प्रदशनकारीहरुले पूर्व राष्ट्रपति हफ़ीज़ अल असदका पुतला जलाउने कोशिश गर्दै गर्दा सो समयमा प्रर्दशनकारी माथि गोली चलाइएको थियो।
एक हप्ता अगाडि सीरियामा सरकारी बलले प्रदर्शनकारी माथि बल प्रयोग गरेको थियो भने त्यस पछी डेरामा प्रदर्शन जारी रहेको छ।
शुक्रवारको प्रदर्शनमा पत्रकार, प्रदर्शनकारी माथि शहरमा प्रवेश गर्न प्रतिबंध लगाइएको थियो ।
राजधानी दमिश्कमा पनि प्रदर्शन भएका प्राप्त समाचारमा उल्लेख गरिएको छ भने सुरक्षा बलले प्रदर्शनकारी व्यापक दमन गरिरहेको छ।
विहिबार सीरियाको सरकारले बताए अनुसार राजनीतिक सुधारका लागि विचार गरिरहेको र जस अनुसार १९६० मा लगाएको आपातकाल क़ानूनलाई बदल्नको लागि विचार गरिनेछ ।
यमनमा प्रदर्शन
उता यमनमा पनि हज़ारौ संख्यामा परस्पर विरोधी अनेकौ प्रर्दशनहरु भएका छन ।
एक हप्ता अगाडि सनामा भएको प्रदर्शनमा गोलबारी हुँदा कम्तिमा पनि ५० सरकारी विरोधी प्रर्दशनहरुको मृत्यु भएको थियो।
सरकार विरोधी प्रदर्शनकारीले उल्लेख गरेका छन कि: १९७८ मा राष्ट्रपति अली अब्दुल्ला सालेहको सत्तामा आए पछि उनको विरोधमा अहिले सम्मको सबै भन्दा ठुलो प्रर्दशन थियो ।
उता राष्ट्रपति सालेहले आफ्ना समर्थकको एक र् यालीमा बताएका छन कि