टर्की, अफगानिस्तान र पाकिस्तानव्दारा संयुक्त रुपमा शहरहरुमा आतंकारीहरुको प्रतिरोधी सैनिक अभ्यास

टर्की, अफगानिस्तान र पाकिस्तानबाट गठित तीन मुलुकका फौजहरुका एक सय अठाईस जना अफिसर र जवानहरु सहभागी भएको शहरमा आतङ्कारी-प्रतिरोधी सैनिक अभ्यास टर्कीको इस्तानबुलको कछाड क्षेत्रमा भएको समाचार छ।

                     थाहा भएअनुसार सैनिक अभ्यासको क्रममा यी तीन मुलुकहरुका संयुक्त फौजले सूक्ष्मताकासाथ लडाकू कुशलतालाई मिलाएर आकाशबाट ओर्लने, सडकमा गश्ती गर्ने, टोली टोली भई भवनमाथि चढ्ने, टोली टोली गरी प्रतिरोध गर्ने र ढोका फोडेर पस्ने आदि आदि किसिमका जाइलाग्ने पद्धति र रण-कौशलप्रयोग गरी सफलतासाथ आठ जना ” आतंककारी”लाई पक्राउ गरेका वा तिनलाई मारेका थिए। त्यसको अतिरिक्त समस्त सैनिक अभ्यासको क्रममा यी तीन मुलुका फौजहरुले आधारभूत लडाकू निर्देशन अभ्यास गर्ने, नियन्त्रण गर्ने र विस्फोटन गर्ने स्वरुप विभिन्न किसिमका अभ्यासहरुको पनि आयोजना गरेका थिए।