– राजेन्द्र श्रेष्ठ
रामेछाप
हाल दोहा कतार
कतारको प्रवेश संगै केही बचेको समय समाजसेवामा बेतिथ गर्ने जमर्कोका साथै प्रवेशको १५ दिन बाट नै कतार नेपाली एकता समाजको आडमा बसेर कतारको विभिन्न समस्य र समाधान संग नजिक भएर काम गर्ने मौका मिल्यो सुरुका दिनहरुमा कतारमा नेपाली दुतावास नभएको हुँदा हरेक समस्याको समाधान भनेको आफै वा संघ संस्था नै हुनै गरेको थियो तर आज त कतारमा नेपाली दुतावास भएकोले पनि धेरै समस्याको समाधान दुतावासबाट नै हुने गरेको छ । दुतावासको आगमनले हामी वा सामज सेवामा लागेकाहरुको लागि ठूलै राहात भएको छ ।
हुनत कैयुन समस्याको समाधान दुतावास एक्लैले गर्न नसक्ने हुँदा सामाजिक संघ संस्था र दुतावास मिलेर नै समाधानको कोशिष जारी राखिएको छ । साहायद यही समाजिक कामको मुल्याङकनले पनि होला सहयोगी समाज सेवी र संगाठानिक जिम्मेवरीको आधारमा दर्जनौ निमन्त्रणाको पत्रहरुपनि आउने गरेको छ । कहिले काही पत्रको पोको फुकाएर हेर्छु अनि धेरै संघ संस्थाको पत्रहरु देख्दा खुशि पनि लाग्छ तर कहिले काही भनेको काम गर्न नसक्दा सारै अप्ठेरो पनि महसुस हुन्छ ।
यहाँ मैले यस्तै अप्ठेरा मध्यका एउँटा सम्झन लायक समस्या र समाधानको बारेमा कलम चलाउने कोशिस गरेको छु । झण्दै चार महिना अघिको कुरा हो । हाम्र एक जाना प्रदिप तमाङ्ग भन्ने साथि कुक को भिसामा कतार आउनु भएको रहेछ तर उहाँलाई कतारमा काम नदिई साउदीको जंगलमा उठ चराउनपो पुर्यएछ । उहाँले त्यो अनकण्टार मरुभूमिमा तातो हावा अनि वालुवामा अण्डा पाक्ने गर्मिको विचमा केही समय काम गर्नु भएछ । उसलाई मालिकले राम्रो खान बस्न तलव समेत नदिए पछि र सारै गालिगलौज र कुटपिट सम्म गर्न थाले पछि काम नगर्ने र नेपाल फर्कन निर्णय भएछ । उसले मालिकलाई फर्काई दिन पटक पटक अनुरोध गरे तर सुनुवाई भएन अन्तमा नेपालमा आफ्नो परिवारलाई खबर गरेर फर्कउन भने पछि एक दिन नेपालबाट फोन आयो लौ मेरो मान्छे समस्यामा छ जसरी हुन्छ फर्काई दिनु पर्यो मैले भने हुन्छ हामी कोशिस गर्छौ पासपोर्ट र भिसा कपि पठाई दिनुहोस ।
उताबाट ति डकुमेन्ट आयो मैले कतारको दुतावासमा कुरा राखे त्याहाबाट पनि कानूनी प्रकि्रयाबाट मत्र संभव हुने देखेपछि कानुनि बाटो तत्कालै सुरु गरियो । यस्तो समस्यामा कानूनी प्रकृया पनि लामै हुने रहेछ । त्यसको लगतै मैते तमाङ्ग र प्रदिप पण्डीत पनि त्यसै गरि त्यही ठाउँमा फसेको जानाकारी आयो । उनिहरु पनि ड्राइभरको भिसामा आएको रहेछ । एजेन्टको काम न हो उही उठको गोठालो हुन पुगेछ साउदीको जंगलमा । उनीहरुको पनि कागात पत्र मगाएर कानूनी प्रकृया सुरु गरियो । सरकारको काम कहिले जाला घाम भने जस्तै आज भोली आजाभोली गर्दा गर्दै दिनहरु वित्न थाल्यो साउदीको जंगलबाट दिनै मिसकल गर्छ सोध्छ खै हामीलाई कहिले फर्काउँछ अप्ठेरो लाग्छ ढाँटनलाई तर पनि के गर्ने एक दुई दिनमा हुन्छ भन्ने उत्तर दिन्छु । उता नेपालबाट आफन्तले फोन गर्छ रिसाउदै भन्छ त्यति काम पनि नगरी दिने उतापनि उही उत्तर दिन्छु एक दुई दिनमा फर्किन्छ । सधै यस्तै प्रकृया चलिरहयो अवत ढाटन पनि अफ्ठेरो लाग्न थाल्यो र सिधै दुतावासमा फोन गर्नुहोस भनेर दुतावासको नंम्बर दिए साहायत मलाई जस्तै लगातार फोन आएर हो की कसो हो लगतार ३ मिसकल आयो कल नगरी शुख्खै भएन कतारमा समाजसेवी भै खाएको छु । कल गरे फेरी कुरा उही खै मलाई कहिले फर्काउँछ मैले भने अव एक हप्ता जतिमा फर्काउछ । उसले भन्छ यसो भनेको कति भई सक्यो खै फर्काएको निकैबेर बुझाउने कोशिस गरे झन उसले मालिकले दुःख दिएको कुराहरु सुनाउछ के गर्ने मेरो हातमा कुनै जादुको छडी छैन नत कानुनी अधिकार नै छ मैले गर्ने काम पुरा गरिदिईएको छु । हाम्रो दुतावासले गर्ने काम पनि पुरा भएको छ एक पटक दुतावासमा फोन गर्नुस न भनेको के थियो दुतावासले त अव याहा फोन नगर भन्छ भनेर मलाई सुनायो । मैले भने म आफै गएर बुझि दिउला अव चाँडै फर्कनु हुन्छ चिन्ता नगर्नुस भन्दै फोन काटी दिए ।
हुनत हात काटेको मानिसलाई नै थाहा हुन्छ कति दुखेको छ भनेर उहाँको समस्या जटिल छ भन्ने कुरा बुझेर पनि साहानुभुती र आश्वासन मात्र दिन सकिदा रहेछ । यसै गर्दा गर्दै चार महिना वित्यो नभन्दै एकदिन प्रदिपले फोन गर्यो र भन्यो ति मेरो साथी मैते र पण्डीत लाई त फर्कायो मलाई फर्काएन खै मेरो चाही काम भएनकी कसो भनेर सोध्यो मैले भने अव तपाईलाई पनि फर्कउछ । त्यसको केही दिन पछि फोन आयो मलाई कतारमा ल्याएको छ । तेरो तलव दिन्छु भिसा लगाई दिन्छु फेरी काम गर्न उही साउदी जानु भनेर फकाएछ तर उसले नमाने पछि मालिकले लगेर जेल हालेछ फोन बाट मलाई जेलको नंम्वर टिपाउदै भन्यो । मैले फेरी सहानुभुति दिदै भने अव नआत्तिनुस तपाईको पाउनु पर्ने तलव माग्नुहोस झन्दै दश पन्ह्र दिन पछि फोन गर्यो र भन्यो तलव त दियो तर साउदीको पैसा दियो मैले भने हुन्छ साउदी भएपनि चल्छ केही दिन पछि घर फर्काए । यसरी एउटा मजदुरी गर्न कतारमा आएको मजदुरले थुप्रै हण्डर गोता खाँदै नेपाल फर्कनु परेको छ । यसै गरी लिवियाबाट समेत उद्वारको लागि पहल गरिदिनु पर्यो भनेर फोन गरेको थियो । मजदुरहरुलाई एउटा देशमा भनेर ल्याउँने र अर्को देशमा वा एउटा काम भनेर ल्याउने अर्को काम लागाउँन प्रचलन त साधारण नै भएको छ ।
तसर्थ विदेशमा कामको खोजीमा जान खुट्टा उचालेर बस्नु भएका सम्पूण साथिहरुले विदेश भन्ने साथ हाम नफालौ सोचेर बुझेर मात्र विचार गरौ । पैसाको लोभमा लागेका एजेन्टहरुले यसरी नै फासाउन सक्छ गम्भिर भएर विचार गर्नुहोस ।