लिवियाका सरकार विरोधी विद्रोहीहरुले शासक कर्णेल गद्दाफीका सैनिकहरुलाई परास्त पार्दै कयौ शहरलाई आफ्नो नियन्त्रणमा क्रम जारी


लिवियाका सरकार विरोधी विद्रोहीहरुले शासक कर्णेल गद्दाफीका सैनिकहरुलाई परास्त पार्दै बेग्रा शहर लगायत कयौ शहरलाई आफ्नो नियन्त्रणमा लिएका छन्। बेग्रा शहरलाई पेट्रोलियम बन्दरगाहको रुपले समेत चिन्ने गरिन्छ। यसअघि विद्रोहीहरुले सामरिक दृष्टिले महत्वपूर्ण मानिएको अजदाबिया शहरलाइ आफ्नो नियन्त्रणमा लिएका थिए।

 

उता लिवियाको सरकारी टेलिभिजनले मुलुकको मध्य क्षेत्रमा पर्ने साभा शहरमा पस्चिमा गठबन्धन सेनाले भिषण हवाइ आक्रमण गरेको जनाएको छ। पस्चिमा गठबन्धन सेनाले सिर्त शहरमा पनि ब्यापक हवाइ आक्रमण गरेको छ। दुवै शहरमा गद्दाफीका वफादार सैनिकहरुको आधार क्षेत्र रहेको बताइएको छ।

 

सिर्त राजधानी टि्रपोलीको पुर्वमा पर्ने भूमध्यसागरीय क्षेत्रमा अवस्थित तटिय शहर हो। पस्चिमा गठबन्धन सेनाले गद्दाफीका वफादार सैनिकहरुको अखाडालाइ निशाना बनाउदै हवाइ आक्रमण गर्दै आएका छन्।

 

 

केही मुलुकका नागरिकहरुद्वारा लिबियामाथि गरिएको सैनिक गतिबिधिको विरोध

 

पश्चिमेली गठबन्धन फौजले हिजो पनि निरन्तर रुपमा लिबियामाथि बम बर्षा गरेको छ।

लिबिया सरकारका प्रवक्ता मुना इबलाहिमले हिजै लिबियामाथि गठबन्धन फौजको सैनिक गतिबिधि सिधा “हत्या” भएको निन्दा गर्दै पश्चिमी मुलुकहरुले लिबियालाई लक्षित गरेको बम बर्षाले लिबियामा गृह-युद्धको सम्भावना हुने चेतावनी दिनुभयो।


 


हिजै अमेरिका, स्पेन लगायत मुलुकहरुका नागरिकहरुले जुलुस प्रदर्शनको आयोजना गरी गठबन्धन फौजले लिबियामाथि सैनिक गतिबिधी चलाएकोमा त्यसको विरोध गरेका छन्। अल्जेरियाले पनि हिजै लिबियाका जनताले त्यस मुलुकको सामू देखा परेको संकटको समाधान गर्नुपर्ने कुरामा जोड दिएको थियो।