अर्घाखाँचीमा यस बर्षको एसलसी परिक्षा शान्ती र मर्यादित रुपमा सन्चालन

Photo8

नुवाकोट केन्द्र रहेको चिदीचौर माबिमा बाहिरबाट देखिएको द् ष्य, जहाँ शान्ती पूर्वक परिक्षा सन्चालन भ्एको बताइएको छ ।

 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा यस बर्षको एसलसी परिक्षा सामान्य छिट फुट घटना बाहेक आज तेस्रो दिन सम्म शान्ती र मर्यादित रुपमा सन्चालन भईरहेको जानकारी जिल्ला शिक्षा कार्यालय अर्घाखाचीले दिएको छ।

यस बर्षको एसलसी परिक्षा अरु बर्षको भन्दा अत्यन्त्त कडा र ब्यस्थित रहेको परिक्षामा संलग्न बिधार्थीहरुले अर्घाखाँचीडटकमलाई बताए।


परिक्षाको नियमित अनुगमनको लागी जिल्ला शिक्षा कार्यालयले २४ वटा केन्द्रमा हरेक दिन जाने गरी परिक्षा सहयोग समिती र बिशेष अनुगमन बिशेष मोबाईल टिमलाई परिचालन गरेको छ ।


साथै जिल्लामा तेस्रो दिनको परिक्षा सम्म कुनै पनि विधार्थीहरु रेस्टीगेटमा नपरेको र परिक्षालाई थप मर्यादित बनाउनको लागी जिल्ला शिक्षा कार्यालयले सबै बिधार्थी र अभिभावक सँग हार्दिक अपिल गरेको छ।

 

 

 



अन्य तस्बिरहरु 

Photo8


बसन्त ॠतु आगमन सँगै मनमोहक अर्घाखाँची: बसन्त ॠतु को आगमन सँगै अर्घाखाँचीमा फुलेका फुलहरु। बसन्तको आगमन सँगै अर्घाखाँचीका लेक, पहाड, गाउँ बस्तीहरुमा फुलेका अनी झुलेका लाली गुरास अनी अन्य लेकाली फुलहरुले बातावरणलाई रोमान्चक एवम मनमोहक बनाएको छ ।





अन्य समाचारहरु