– शोभाखर पन्थी
अखाँटा-यूएई डेस्क) – १६ चैत – नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाचीले ५६ औ स्थापना दिबसको अबसर पारी आज सन्धिखर्कमा प्रबचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तब्य राख्ने बक्ताहरुले पत्रकारका समस्या प्रति राज्य उदासिन भ्रएको बताउदै सत्य तथ्य र यथार्थ कुरालाई बाहिर ल्याउन संचारकर्मिलाई आग्रह गरेका थिए ।
वक्ताहरुले मुलुकको शान्ति सुरक्षा प्रति चिन्ता प्रकट गर्दै पत्रकारलाई निर्धक्क भएर लेख्ने बताबरण सिर्जना गर्न सरकार समक्ष आग्रह गरेका छन् ।
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले दिगो शान्ति र संबिधान निर्माणका पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्दै अनियमितता र भ्रष्टाचारको अन्त्यकालागि पत्रकार जगतले सहयोग गर्नु पर्ने बताए।
कार्यक्रममा स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेल,नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य,एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरेले लोकतन्त्र प्राप्तीका लागि ठुलो त्याग गरेका पत्रकारहरुले गणतन्त्रको सस्थागत बिकासमा सहयोग गर्नु पर्नेमा जोड दिए ।
पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थीको सभापतित्व र सचिब प्रेमनारायण आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा संघका पूर्ब अध्यक्ष नीमबहादुर रिजाल,एमाले प्रचार बिभाग प्रमुख प्रेमनारायण गैरे,प्रेस युनियनका जिल्ला अध्यक्ष सूर्यप्रसाद भुसाल,प्रगतिसिल पत्रकार संघका जिल्ला अध्यक्ष ईन्द्रमणि भुसाल,महासंघका उपाध्यक्ष हिमबहादुर जिसि ‘लेकाली’ लगायतका बक्ताले मन्तब्य राखेका थिए।
Prem Narayan Acharya in Sandhikharka contributed to this report.