जापानको फुकुशिमा दाइचि आणविक उर्जा केन्द्रमा अणुधर्मी तत्व चुहुने क्रम निरन्तर जारी छ। धेरै मेशिनबाट चुहेकोले उक्त विकिरणयुक्त हटाउने कार्य मन्द गतिमा भइरहेको छ। आणविक उर्जा केन्द्र क्षेत्रमा भएको मलमा पाइएको अणुधर्मी तत्व प्लुटोनियमले यस घटनाको गम्भिरता प्रतिबिम्बित गरी गम्भिर स्थितिलाई अझ बढी गम्भिर पारेको छ।
टोकियो इलेक्ट्रिक उर्जा कम्पनीले दुई दिनअघि राति घोषणा गरे अनुसार, फुकुशिमा दाइचि आणविक उर्जा केन्द्र क्षेत्रमा भएको मलको नमूनामा कम अणुधर्मी तत्व प्लुटोनियम पाइएको छ। तथापि त्यसले मानव शरिरमा असर पर्दैन। जापानी आणविक र औद्योगिक सुरक्षा एजेन्सीले हिजो यस कुराले “अणुधर्मी तत्व चुहेको घटनाको गम्भिरता” प्रतिबिम्बित गरेको कुरा जनाएको थियो।