लिवियामा गद्दाफि समर्थक फौज र विद्रोही फौजहरुबीच मुख्य सहरहरु कब्जा गर्ने क्रममा भीषण संघर्ष

लिवियाका शासक कर्णेल गद्दाफीका सैनिक र सरकार विरोधी विद्रोहीविच प्रमुख सहरहरुलाइ आफ्नो नियन्त्रणमा लिने क्रममा भिषण संघर्ष भैरहेको छ। गद्दाफीका सैनिकले बिन जवाद सहरहरु कब्जा गर्ने क्रममा भीषण संघर्ष भएको जनाइएको छ।


गठबन्धन फौजले लिबियाको राजधानी ट्रिपोलीमा पुन वायु आक्रमण गरेको छ।

      लिबियाको राष्ट्रिय टेलिभिजनका अनुसार यस वायु आक्रमणबाट लिबियाको राजधानीका धेरै सैनिक केन्द्र ध्वस्त हुनुका साथै आम नागरिक हताहत भएका छन।

      अमेरिकाको द पेन्टागनले हिजो बितेका 24 घण्टभित्रमा गठबन्धन फौजले 115 वटा लडाकु-विमानबाट निरन्तर रुपमा लिबियाको सरकारी सेना र प्रबन्धलाई लक्षित गरी वायु आक्रमण गरेको जनाएको छ।