जापानको आर्थिक उद्योग मन्त्रालय अन्तर्गत आणविक तथा औद्योगिक सुरक्षा एजेन्सीले आज जनाए अनुसार, हिजो फुकुशिमा दाइचि आणविक उर्जा केन्द्रको पानी निश्कासन गर्ने दक्षिणी द्वारमा संकलन गरिएको समुद्री पानीको नमूनालाई जांचबुझ गरिएपछि त्यसमा भएको अणुधर्मी तत्व आयोडिन एक सय एकतीसको सामान्य संख्या मापदण्डभन्दा चार हजार तीन सय पचासी गुणाले बढेको पाइएको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो।
साथै जापानको मौसम व्युरोले आज जनाएअनुसार जापानको उत्तर-पूर्वी समुद्री क्षेत्रमा हिजो 30 तारिख दिउँसो छ रेक्टर स्केलको भूकम्प गएको छ। हालसम्म मानिसको हताहत भएको वा क्षति सम्बन्धी सूचना प्राप्त भएको छैन।
यसका अतिरिक्त चीन सरकारले जापानका लागि प्रदान गरेको तेस्रो जरुरी उद्बार सामग्री आज जापानको राजधानी टोकियो पुगेको छ।