लिवियाका विदेश मन्त्री मौसा कौसाले शाशक कर्णेल गद्दाफीसँग मिलेर काम गर्न इच्छुक नरहेको भन्दै भागेर बेलायत पुगेका छन्। उनले राजधानी टि्रपोलीबाट बुधवार बेलायततर्फ प्रस्थान गरेका थिए।
बेलायतको विदेश मन्त्रालयका अनुसार मौसा कौसाले लिवियाको छिमेकी मुलुक ट्यूनिशियाबाट बेलायतको लागि उडान भरेका हुन्। उता सरकारविरोधी विद्रोहीहरुलाइ गद्दाफीका वफादार सैनिकहरुले परास्त पार्दै पूर्वि क्षेत्रतर्फ अघि बढिरहेका छन्।
पछिल्लो समयमा गद्दाफीका वफादार सैनिकहरु र सरकारविरोधी विद्रोहीहरुविच भिषण संघर्ष भैरहेको भएतापनि गद्दाफीका वफादार सैनिकहरुले जीत हासिल गर्दै आएका छन्। गद्दाफीका वफादार सैनिकहरुले बिन जवाद शहर नजिकैको मुख्य पेट्रोलियम बन्दरगाह रास लानूफमाथि पुन आफ्नो पकड स्थापित गरेका छन्। यस अघि उनीहरुले बिन जवादमाथि कब्जा जमाएका थिए।
अमेरिकाले लिवियाका विद्रोहीलाई अप्रत्यक्ष समर्थन गरेको भन्ने खबरको अमेरिकी सरकारले अस्वीकार गरेको छ। राष्ट्रपति बाराक ओबामाले लिवियाको विपक्षी शक्तिलाई गोप्य रुपमा समर्थन दिने प्रस्तावलाई अनुमोदन गरेको भन्ने खबरलाइ ह्वाइट हाउसले ख48डन गरेको छ।
यद्यपी ह्वाइट हाउसले ओबामा प्रशासनले लिवियाका विद्रोहीलाई हतियार उपलब्ध गराउने सम्बन्धमा भने विचार गरिरहेको स्वीकार गरेको छ। केही दिनदेखि लिवियाका विद्रोहीलाई गोप्य रुपबाट सहयोग गर्ने कागजातमा ओबामा प्रशासनले हस्ताक्षर गरेको खबर रोयटर्स समाचार संस्था लगायत अन्य अमेरिकी संचार माध्यमहरुले सार्वजनिक गरेका थिए। यसैगरी अमेरिकी गुप्तचर संस्था सिआइएले पनि लिवियाली विद्रोहीसँग सहकार्य गर्दै गद्दाफी सरकार हटाउनका लागि आवश्यक रणनीति बनाइरहेको भन्ने खवरलाइ ह्वाइट हाउसले अस्विकार गरेको छ। गद्दाफी सरकारलाइ हटाएपछि पनि सिआइएले लिवियामा महत्वपूर्ण भूमिका खेल्ने खबरहरुलाई अमेरिकी संचार माध्यमहरुले सार्वजनिक गरेका थिए। ह्वाइट हाउसले सो खबरको पनि ख48डन गरेको छ।
ह्वाइट हाउसका प्रवक्ता जी कार्नीले लिविया घटनाक्रम सम्बन्धमा बोल्दै ओबामा प्रशासनले अहिलेसम्म कुनै निर्णय नलिएको जनाएका छन्। उनले लिवियाली विद्रोहीलाई ओबामा प्रशासनले सहयोग गर्ने भन्ने कुराको पनि कुनै आधार नरहेको स्पष्ट पारेका छन्।
नेटोद्बारा सम्पूर्ण रुपमा लिबियामाथि गरिएको सैनिक हमलाको निर्देशन अधिकार
नेटोका पदाधिकारले आज जनाएअनुसार नेटोले आज औपचारिक रुपमा अमेरिकाको सट्टामा लिबियामाथि गर्ने सैनिक हमलाको सम्पूर्ण निर्देशन अधिकार पाएको छ।
यस पदाधिकारीका अनुसार नेटोले उक्त निर्देशन अधिकार पाएपछि यथेष्ठ सैनिक शक्ति लिएर आफ्नो सैनिक हमलालाई “संघिय संरक्षणकर्ता”भन्ने नाम साबित गरेको छ। नेटोले संयुक्त राष्ट्र संघीय परिषदको 1973 नम्बर निर्णयबमोजिम मुख्य गरी लिबियाली नागरिक र नागरिक बसोबास क्षेत्रमा हुने सशस्त्र त्रासको प्रतिरोध गर्ने छ।