सन् 2010मा अमेरिकाले चीनलाई गरेको निकासी मात्रामा 32 प्रतिशतले वृद्धि भएको छ।त्यसको वृद्धि गति अमेरिकाको निकासीका अघिल्लो 5 गन्तव्य स्थलमध्येको कुनै पनि एउटाभन्दा बढी भएको छ। चीनमा निर्यात गर्नु अमेरिकाको आर्थिक पुःनरुत्थान र अर्थतन्त्रको स्वस्थ विकासका लागि निकै महत्वपूर्ण छ।
अमेरिका-चीन राष्ट्रिय व्यापार समितिले हाल सार्वजनिक गरेको एउटा प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको हो।
उक्त प्रतिवेदनअनुसार चीन नै विश्वव्यापारमा अमेरिकाले निकासी गर्ने तेस्रो ठूलो बजार हो ।जुन स्वतन्त्र व्यापार सम्झौता सम्पन्न भएका अमेरिकाका दुईवटा छिमेकी मुलुकहरु क्यानडा र मेक्सिकोपछि चीन सबभन्दा ठूलो छ।