आइभरी कोष्टमा बाग्बो र वटारा समर्थीत सैनिकहरुबीच भिषण भिडन्त, बाग्बो समर्थीत सेना प्रमुख शरण खोजिमा दक्षिण अफ्रिकी राजदूतको निवासमा
चैत्र २० गते, २०६७ मा प्रकाशित
आइभरी कोष्टको मुख्य तटिय शहर अबीदजानमा राष्ट्रपतिको निर्वाचनमा विजेता भनि अन्तर्राष्ट्रिय मान्यता पाएका नेता अलासेन वाटारा समर्थक र राष्ट्रपति लरेन्ट बाग्बो समर्थित सैनिकबीच भिषण भिडन्त भएको छ।
बाग्बोको आवासगृह नजिक भिषण गोलाबारीकोे आवाज सुनिएकाले त्यहाँ भीषण भीडन्त भएको हुन सक्ने अनुमान गरिएको छ। वाटारा सैनिकहरुले मुख्य तटिय शहर अबीदजान कब्जा लिने प्रयासका क्रममा सो भिडन्त भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्।
वाटारा समर्थकहरुले राष्ट्रिय टेलिभिजन आफ्नो नियन्त्रणमा आएको दाबी गरेका छन्। वाटारा सरकारले यस अघि नै देशको सिमा बन्द गरी कर्फ्यू आदेश जारी गरेको थियो। गत नोभेम्बरमा सम्पन्न विवास्दपद राष्ट्रपति निर्वाचनमा पराजित भएर पनि सत्ता हस्तान्तरण गर्न बाग्बोले अस्वीकार गरेपछि त्यहाँ राजनीतिक संकट चुलिएको हो।
निर्वाचन आयोगले निर्वाचनमा वाटारा विजयी भएको घोषणा गरे पनि त्यहाँको संवैधानिक परिषद्ले निर्वाचन आयोगको निर्णयलाई उल्टाइ दिएको थियो। निर्वाचन नतिजा विवादित भएपछि वाटारा र बाग्बाले आइभरी कोष्टमा समानान्तर सरकार संचालन गर्दै आएका छन्।