अन्तर्राष्ट्रिय परमाणविक उर्जा एजेन्सीका महाप्रबन्धक युकिया आमानोले हाल जापानको फुकुशिमा प्रथम आणविक विद्युत स्टेशनको अवस्था अझै पनि गम्भीर रहेको भन्दै अन्तर्राष्ट्रिय समाजले जापानसित मिलेर गहन असर परेको यस ठूलो सङ्कटमाथि विजय पाउन प्रयास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले हिजो एक तारिखका दिन उक्त कुरा बताउनुभएको हो।
सूचना सँगसँगै उपभोग गर्ने र सूचनालाई खुला पार्ने कुरा आणविक सङ्कटमाथि विजय पाउनका लागि अत्यन्तै महत्वपूर्ण रहेको कुरा पनि महाप्रबन्धक युकिया आमानोले बताउनुभयो।
सोही दिन जापानको स्वास्थ्य, श्रम र हितकल्याण मन्त्रालयले साबित गरेअनुसार त्यसै दिन फुकुशिमा केन जिल्लाले त्यस जिल्लाको एउटा गाउँमा उत्पादित गोरुको मासुको फेरि जाँचबुझ गरेको थियो तर विकिरण चुहिएको भेटिएको छैन।
अर्को पछिल्लो तथ्याङ्कअनुसार दुई तारिख बिहान दश बजेसम्म जापानमा गएको भयङ्कर भूइँचालो र सुनामीबाट एघार हजार आठ सयजनाले ज्यान गुमाएका छन् भने पन्ध्र हजार पाँच सय चालीसजना अझै बेपत्ता छन्।